प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस

 प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस भएका छन्।

बिज्ञापन

 

बिज्ञापन

न्याय परिषद्को बुधबार बसेको बैठकले डा. घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

 

बिज्ञापन

परिषदका अनुसार डा. घिमिरेले प्रशासकीय अदालत ऐन, २०७६ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको योग्यता पूरा गरेका छन्। उनले नेपाल न्याय सेवाअन्तर्गत राजपत्र विशिष्ट श्रेणीको पद नायव महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालिसकेका छन्।

 

प्रशासकीय अदालत तीन सदस्यीय रहने गर्दछ। तीमध्ये एक अध्यक्ष र दुई सदस्य रहन्छन्। अदालतको अध्यक्षमा विशिष्ट श्रेणीका अधिकृत वा सो सरहको अनुभव भएका व्यक्तिहरू सिफारिस हुने व्यवस्था रहेको छ।

 

डा. घिमिरे कानून, प्रशासन र न्यायिक सेवा क्षेत्रका अनुभवी व्यक्तिका रूपमा चिनिन्छन्। न्याय परिषद्को सिफारिसपछि अब मन्त्रिपरिषद्को निर्णयमार्फत उनको नियुक्ति औपचारिक रूपमा हुनेछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष