रमेश लेखकलाई जोगाएको काँग्रेसले रामहरिलाई के गर्ला ?

भिजिट भिषा प्रकरणमा मुछिएर त्रिवि अध्यागमन विमानस्थलबाट तिर्थ भट्टराई फिर्ता बोलाएर उनी अख्तियारमा बयान दिन धाइरहँदा गृहमनत्री रमेश लेखकले एउटा टिप्पणी गर्दथें,कसैमाथि प्रश्न उठ्दैमा मन्त्रीहरुले राजीनामा गर्दै जाने हो ? मैले राजीनामा गर्नका लागि कहाँ र कुन निकायमा म विरुद्ध उजुरी परेको छ ?
भिजिट भिसाका नाममा दैनिक करोडौं उठाइने र पचास लाखसम्म रकम गृहमा पुग्ने गरेको चर्चा परिचर्चाका बीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन इन्कार गरे ।
अहिले काँग्रेसकै अर्काे नेता अप्ठ्यारो स्थितिमा छन् । संसदीय विशेष छानबिन समितिले एक महिना लामो समय लगाएर तयार पारेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने किटान गरेसँगै खतिवडालाई राजीनामा दिन पार्टी बाहिरबाट मात्र होइन पार्टी भित्रैबाट दबाब आउन थालेको छ ।

बिज्ञापन

संसदीय छानविन विशेष समितिले संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको चलखेलमा रामहरि खतिवडाको भूमिकालाई शंकास्पद् मानेको छ ।चर्काे स्वरमा कुलिङ पिरियडको विरोध गर्दै आएका खतिवडाले नै प्रशासकहरुलाई खेल्ने ठाउँ दिएको संसदीय विशेष छानबिन समितिको निचोड छ ।

बिज्ञापन

संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’सम्बन्धी लामो बहसपछि राज्यव्यवस्था तथा सुशासन समितिले दुई वर्षमा सहमति जुटाएको थियो । २ जेठमा दुई वर्ष राख्ने प्रावधानलाई समिति बैठकले सर्वसम्मतिमा पास गरेको थियो । कुलिङ अफ पिरियड राख्ने र त्यसको अवधि दुई वर्षको हुने भन्ने २ जेठको निर्णयपछि भएका चलखेललाई ६ जेठको बैठकले झन् मलजल गर्‍यो । र, यो प्रक्रिया १३ जेठसम्म चल्यो । त्यसैको परिणाम हस्ताक्षर गर्दा गोलमाल भएको कर्मचारीहरूको भनाइ छ । यही रामहरि खतिवडाले डबल रोल खोलेको कर्मचारीहरुको भनाई छ ।
यस्का अलवा अन्तिम हस्ताक्षरकर्ता समेत भएका कारण खतिवडा नै यसमा नैतिक जिम्मेवारी हुनुपर्ने समितिले प्रतिवेदनमा उल्लेख गरेका कारण खतिवडामाथि चौतर्फि दबाब परेको छ । आज संसदको बैठकमा बोल्द रास्वपाका सांद मनिष कुमार झाले भनेका छन् ‘कुलिङ पिरियडका बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ । यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो, अब उहाँलाई सोधिन्छ,’ झाले भने, ‘यो नालायकीपनको जवाफ कसले दिने ? यो गैरजिम्मेवारीपनको जवाफ कसले दिने ?’

तर, उनले भने पदबाट राजीनामा नदिने अडान लिएका छन् । समितिले प्रतिवेदन बुझाएपछि संसद भवन बाहिर उभिएर उनले भने,’मेरो दोष छ भने म राजीनामा दिन तयार छु भनेर शुरुदेखि भन्दै आएको छु । कुलिङ पिरियड मेरो मुद्दा हो । यो रहनुपर्छ भन्नेमा म हिजो पनि थिएँ, आज पनि छु । राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा छु ।
उसो त यस अघि भिजिट भिसा प्रकरणमा काँग्रेसले गृहमन्त्री रमेश लेखकलाई बचाउ गर्दै आएको हो । अब कुलिङ अफ पिरियडमा भएको गडबडीमा रामहरिलाई उनै रमेश लेखकलाइ झै बोक्छ वा राजीनामा दिन लगाउँछ,त्यो हेर्न बाँकी छ ।
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छानविन समितिको प्रतिवेदनको मर्म अनुसार यसबारे पार्टीले निर्णय लिने प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष