गृहमा सहसचिवको जिम्मेवारी हेरफेर, काफ्ले प्रवक्ता नियुक्त

गृह मन्त्रालयले दुई सहसचिवको जिम्मेवारीमा हेरफेर गर्दै सहसचिव आनन्द काफ्लेलाई मन्त्रालयको प्रवक्तासहित सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएको छ।

बिज्ञापन

काफ्ले यसअघि नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत थिए। उनलाई सहसचिव रामचन्द्र तिवारीको स्थानमा ल्याइएको हो। तिवारी हालै अध्यागमन विभागको महानिर्देशकमा खटाइएपछि प्रवक्तासहितको सुरक्षा तथा समन्वय महाशाखा रिक्त रहेको थियो।

बिज्ञापन

सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयका विषय सम्हाल्ने जिम्मेवारी बोकेको छ। यस्तो संवेदनशील महाशाखाको नेतृत्व सम्हाल्ने जिम्मेवारीसहित काफ्लेले मन्त्रालयको प्रवक्ता पद पनि सम्हाल्ने छन्।

त्यसैगरी, केही दिनअघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ। यस महाशाखाले विपद् जोखिम मूल्यांकन, पूर्वतयारी तथा प्रतिकार्य, राहत वितरण, तथ्यांक व्यवस्थापन तथा शान्ति प्रवर्धनजस्ता विषयमा काम गर्ने गर्दछ।

बिज्ञापन

मन्त्रालयका अर्का सहसचिव विष्णु प्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको थियो । गुल्मीमा सिडिओ पद रिक्त थियो । कोइरालालाई दुई साताअघि मात्र अध्यागमन प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपाले माग्यो रामहरी खतिवडाको राजिनामा

यी हुन एकै पटक सरकारद्धारा संशोधन भएका ७६ ऐन

टेलिकमको विलिङ्ग ठेक्का प्रतिबन्धित कम्पनीलाई दिने तयारी

स्थानीय तहमा खटाइएका २० ‘फ्रेस अफिसर्स’ मन्त्रालयमै फिर्ता

स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

गृहमा सहसचिवको जिम्मेवारी हेरफेर, काफ्ले प्रवक्ता नियुक्त

भन्सार अधिकृत लेखनाथ पोखरेलको ‘सेटिङ’को रहस्य:-१८८ थान मालसमानलाई १ थान देखाएर भन्सार पास

कुलिङ पिरियड नराख्ने अडान यथावत्: मुख्यसचिव अर्याल

बिशेष