दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले तीनकुनेको घटनामा जोडिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंलाई दुई वटा फरक फरक मुद्धामा २८ धरौटी माग गरेको छ ।

बिज्ञापन

गत चैत्र १५ को हिंसात्मक आन्दोलनमा आन्दोलनमा संग्लग्न रहेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसँगै अरू ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले यही प्रकरणमा पक्राउ परेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/ ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

बिज्ञापन

गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार प्रसाईं कारागारमा बसेका थिए । ५ दिनको निरन्तर सुनुवाइपछि उनी न्यायाधीशद्वय टंकप्रसाद गुरुङ्ग र डिल्लीरत्न श्रेष्ठको ६ नम्बर इजलासबाट अहिले छुट्न लागेका हुन् ।

आदेशमा भनिएको छ, ‘मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी दुर्गा प्रसाद प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा साथै निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी २५ लाख नगद धरौट वा बैंक जमानत दिए लिई मुद्दाको पुर्पक्षका लागि तारेखमा राख्नुहोला ।’

बिज्ञापन

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा नेपाल सरकारले प्रसाईंविरुद्ध मुद्दा दायर गरेको थियो। अभियोगपत्रमा प्रसाईंले ‘राउन्ड ट्रिपिङ’ र ‘लेयरिङ’ मार्फत कर्जा अपचलन गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ विपरीत कार्य गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताले १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेका थिए ।

बैंकिङ्ग कसुरअन्तर्गत २५ र राज्यविरुध्दको अपराधअन्तर्गत ३ लाख धरौटी लिएर उनलाई छाड्न अदालतले आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष