व्यक्ति होइन, प्रणाली सुधारले मात्र सुशासन सम्भव : अध्यागमन प्रमुख तिवारी

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सुशासन प्राप्तिका लागि व्यक्ति परिवर्तनभन्दा प्रणाली सुधार आवश्यक रहेको बताएका छन्।

बिज्ञापन

 

बिज्ञापन

आइतबार काठमाडौंमा आयोजित ‘अध्यागमन सुधार तथा प्रशासनसँग सम्बन्धित समसामयिक विषयमा’ केन्द्रित पत्रकार भेटघाट तथा अन्तरक्रियामा बोल्दै तिवारीले भिजिट भिसामा देखिएको अनियमिततालाई मानव तस्करीसँग जोडेर बुझ्नु अनुपयुक्त हुने धारणा राखे।

 

बिज्ञापन

उनले भने, “संसारमा कतै पनि व्यक्ति राम्रो खोजेर सुशासन ल्याउन सकिँदैन, प्रणाली राम्रो बनाउनु पर्छ। अहिले हामीले भिजिट भिसाका विषयलाई मानव बेचबिखनको रूपमा बुझेका छौं, तर यो मानव तस्करी होइन, कुशासन हो। कानुनले पनि यी दुईलाई फरक रूपमा परिभाषित गरेको छ।”

 

महानिर्देशक तिवारीले विदेश गएकाहरूलाई एउटै दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिए। “कोही भिजिट भिसामा गएर गैरआवासीय नेपाली संघ (एनआरएन) को उच्च पदमा पुग्छन्, तिनीहरूले राष्ट्रलाई योगदान दिन सक्छन्। तर कोही समस्यामा परे, त्यसलाई बेग्लै दृष्टिकोणले हेरिन्छ। यो दृष्टिकोण बदलिनुपर्छ,” तिवारीको भनाइ थियो।

 

उनले विभाग भित्रको प्रणालीलाई सुधार गर्दै पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउन आफूहरू क्रियाशील रहेको पनि बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष