गृहका २३ कर्मचारी खटाएका ठाउँमा गएनन् : १८ अधिकृत र ५ सुव्वालाई २४ घण्टे अल्टिमेट

गृह मन्त्रालयले खटाएका स्थानमा नजाने २४ जना कर्मचारीहरुलाई २४ घण्टाभित्र खटाइएको स्थानमा जान हाजिर हुन उर्दी जारी गरेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले खटाइएका स्थानमा नजाने १८ शाखा अधकिृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मितिमा गरेको सरुवा कार्यन्वयन नगर्ने र खटाएको ठाउँमा जान अटेरी गर्ने ती कर्मचारीलाई २४ घण्टाभित्र खटाएको ठाउँमा हाजिर हुन भनेको छ ।
गत असार १६ मा अध्यागमन विभागमा खटाइएको फर्सुराम भट्टराई,इलाका प्रशासन कार्यालय बाँकेमा खटाइएका शाखा अधिकृत मानबहादुर बूढा,इलाका प्रशासन सुर्खेतमा पदस्थापन गरिएको रेणुका भट्टराई,इलाका प्रशासन खोटाङमा पदस्थापन गरिएको जानुका कुमारी पोखरेल,इलाका प्रशासन रौतहटमा पदस्थापन भएका भागवत प्रसाद रेग्मी,इलाका प्रशासन कार्यालय सुनसरीमा पदस्थापन भएकी शिला तिमिल्सिना,जिल्ला प्रशासन कार्यालय सप्तरीमा पदस्थापन भएका युगेश कुमार यादव,इलाका प्रशासन तेह्रथुममा खटाइएका वावुराम पन्थी,जिल्ला प्रशासन कार्यालय पाँचथरमा खटाइएका सुजन शुभ भ्लोन,कारागार कार्यालय कपिलवस्तुमा सरुवा गरिएका दल बहादुर बस्नेत,जिप्रका पाँचथरमा पठाइएका मोहन प्रशासन निरौला,रौतहट प्रशासनमा खटाइएका आनन्द विष्ट,इलाका प्रशासन खोटाङमा सरुवा गरिएका सुन्दर वान्तवा,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रशासकीय अधिकृतका रुपमा पदस्थापन भएका चिरञ्जिवी जिएम,त्रिवि अध्यागमनबाट गृहमा फिर्ता भएर इलाका प्रशासन तेह्रथुममा पदस्थापन भएका युवराज कट्टेल,इलाका प्रशासन कार्यालय जाजरकोटमा पदस्थापन गरिएको खगराज गौतमका अलवा कारागार व्यवस्थापन विभाग अर्न्तगत खटाइएका भिम कुमार बस्नेत,प्रशासकीय अधिकृतको रुपमा पर्सामा खटाइएका न्युटन लम्सालहरु खटाइएका स्थानमा नगएका शाखा अधिकृतहरु हुन ।

बिज्ञापन

यस्तै नासुहरु कमल आचार्य,कृष्ण भट्टराई,विष्णु पौडेल घिमिरे,रामबाबु बराल र सुवास पौडेलहरु खटाएका स्थानमा नगएका हुन ।

गहृका अनुसार असार १६ गते नर्णिय भएका १, असार १८ गते नर्णिय भएका ७ र साउन ७ गते नर्णिय भएका १० शाखा अधकिृतहरु खटाएका ठाउँमा गएका छैनन् भने असार १८ को नर्णियअनुसार सरुवा भएर महिना दिनसम्म खटाएका स्थानमा नगएका ५ नायब सुब्बाहरुलाई २४ घण्टाभित्र खटाएको ठाउँमा हाजिर हुन मन्त्रालयले भनेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदार र सुव्वा तहका ४० कर्मचारीको सरुवा

८५ शाखा अधिकृतको सरुवा

३४ उपसचिवहरूको सरुवा

३०५ कर्मचारीको सरुवा

गृहका २३ कर्मचारी खटाएका ठाउँमा गएनन् : १८ अधिकृत र ५ सुव्वालाई २४ घण्टे अल्टिमेट

अर्थ मन्त्रालयका जम्बोटोली इन्डोनेसिया जाँदै, डेढ करोड रुपैयाँ खर्च गरिँदै

पेट्रोल सस्तो, डिजल र मट्टितेल महँगो – उपभोक्तामा राहत र चिन्ता दुवै

स्थानीय तहका ३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

बिशेष