मन्त्रीबाट हटाइने सूचना पाएपछि विचौलियाको स्वार्थ अनुसार फेरिए मालपोत प्रमुख

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् पुर्नगठन गर्दैछन् । विवादमा मुछिएका,कमजोर कार्यसम्पादन भएका मन्त्रीहरु हटाइनेको सूचीमा छन् । जस अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका भनिएका अर्थ मन्त्री विष्णु पौडेल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ र हालैमात्र मन्त्री नियुक्त भएकी भगवती न्यौपाने र रघुजी पन्त बाहेक अरु मन्त्रीहरु हटाइने चर्चा छ । यस्तै काँग्रेसबाट आरजु राणा र रमेश लेखक मन्त्रीबाट हट्ने सम्भवना कम रहेको बताइन्छ ।

बिज्ञापन

रेड जोनमा परेका मन्त्रीमध्येका एक हुन भूमि व्यवस्थामन्त्री बलराम अधिकारी । जो पोखराको जग्गा विवाद अनि घुसकाण्डसँगै विवादमा परेका छन् । पूर्व मन्त्री राजुकमार गुप्ताले समेत बोलेका र विचौलियाले ३२ लाख लगानी गरेको अडियो नै सार्वजनिक भएपछि विवादमा परेका अधिकारी भू माफियाहरुको पक्षपोषण हुने गरी ल्याइएको भूमि अध्यादेशदेखि नापी विभागको २३ करोडको खरिद लगायतका विवादै विवादमा मुछिएका थिए नै मन्त्री पदबाट हट्ने सूचना पाएपछि अधिकारीले हतार हतार बुधबार राती १० उपसचिवहरुको सरुवा गरेका छन् । विभिन्न १० मालपोत प्रमुखहरुको सरुवा गरेका छन् ।

बिज्ञापन

आज वा भोलिभित्रैमा मन्त्री पदबाट हटाइन लागेका अधिकारीले कलंकी,कास्की,ललितपुर,विरजंग,भक्तपुर,धादिङसहितका मालपोत प्रमुखहरु हेरफेर गरेका हुन ।

भूमिका चर्चित विचौलियाका रुपमा चिनिएका प्रमोद खड्काको डिजाइनमा ललितपुर,भक्तपुर र कलंकीका मालपोत प्रमुखहरु परिवर्तन भएका हुन ।
मन्त्रालयले मालपोत कार्यालय धनकुटामा दरबन्दी भइ हाल राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा काजमा कार्यरत रहेका रविन ढकाललाई मालपोत कार्यालय कलंकीमा सरुवा गरिएको छ । यस्तै मालपोत कार्यालय,खैरहानी चितवनबाट उपसचिव ज्ञानेन्द्र ढकाललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सरुवा गरिएको छ।
दोलखा मालपोत प्रमुख हिरादेवी पौडेललाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै सुर्खेतका मालपोत प्रमुख राजेन्द्रप्रसाद पौडेल दोलखामा खटाइएको छ ।
सरुवाको सूची अनुसार,कलंकी मालपोतमा कार्यरत रहेका पूर्ण बहादुर केसीलाई मालपोत कार्यालय,कास्की पुर्याइएको छ । लामो समयपछि लगनखेल मालपोत प्रमुख जीवन राज सेढाईलाई फिर्ता गराउने विचौलियाको योजना सफल भएको छ । सेढाईलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। यस्तै पर्साको प्रमुख रहेका अशोक कुमार भट्टराई मालपोत कार्यालय लगनखेल पुगेका छन् । अशोकलाई लगनखेल ल्याउनका लागि लाखौं रकमको चलखेल भएको स्रोतको दावी छ । यस्तै खेमराज खत्री मालपोत कार्यालय धादिङबाट मालपोत कार्यालय वीरगंज पर्सा पुर्याइएको छ भने केही महिना अगाडिमात्र शाखा अधिकृतबाट उपसचिवमा उक्लिएका माधव घिमिरे मालपोत कार्यालय भक्तपुर पठाइएको छ। मनोज कुमार पोखरेल मालपोत कार्यालय गौशाला महोत्तरीबाट मालपोत कार्यालय धादिङ पुगेका छन् ।

बिज्ञापन

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

गुपचुप सरुवा : भूमि मन्त्रालयको ‘लिस्ट’ लुकाउने प्रयास, बिचौलियाको चलखेल शंका

 

निरन्तरको समाचारपछि बिचौलिया प्रमोद खड्का तनावमा, मन्त्रालयहरूबाट पहुँच बन्द

बिचौलिया खड्का ४० लाख खर्च गरेर हाकिम फेर्दै

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष