अर्थमन्त्री पौडेलका प्रिय सहसचिव : स्वार्थको द्धन्द हुने गरी पाँच संस्थामा जिम्मेवारी

अर्थमन्त्रालयभित्रै २५ जना सहसचिव छन् । तर एक यस्ता सहसचिव छन्,जसलाई अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको महत्वपूर्ण महाशाखाका अलवा चार चार वटा संस्थाको जिम्मेवारी दिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारीमाथि जिम्मेवारी दिएका उनका विश्वाशिला सहसचिव हुन महेश बराल । अर्थमन्त्रीले बराललाई यति धेरै जिम्मेवारी दिएका छन् कि उनलाई ती निकायको जिम्मेवारी लिन भ्याइनभ्याई छ ।

बिज्ञापन

मन्त्री विष्णु पौडेलको दिल जितेर विभिन्न संस्थाको नेतृत्व गर्ने अवसर पाएका उनै बराललाई फेरि अर्काे जिम्मेवारी थपिदिएका छन्,पौडेलले ।  मन्त्रालयले वरालको संयोजकत्वमा बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ ।

बिज्ञापन

मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बरालका अलवा मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् ।

बजेटको बुँदा नं ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो ।

बिज्ञापन

अर्थ मन्त्रालयमा २५ सहसचिव छन् । तीमध्ये मन्त्री विष्णु पौडेलको रोजाईको सहसचिव बनेका  बराल  धितोपत्र वोर्डको समितिमा छन् । सन्तोष नारायण श्रेष्ठ अध्यक्ष बन्नु अघि उनी अध्यक्षको जिम्मेवारीमा थिए । श्रेष्ठ अध्यक्ष बनेपछि अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिको सदस्य हुन,धितोपत्र वोर्डको । यस्का अलवा उनी नेपाल राष्ट्रिय वीमा प्राधिकरणको अध्यक्ष, नेपाल आयल निगमका समेत सञ्चालक समितिमा छन् । हालैमात्र नेपाल पुर्नवीमा प्राधिकरणको सञ्चालकका रुपमा मनोनयन गरेर पठाइएको छ । धितोपत्र वोर्डको सञ्चालक र नेपाल पुर्नवीमा कम्पनीको सञ्चालक एकै जनालाई बनाइँदा स्वार्थको द्धन्द हुने अर्थका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिव दुलाल सहसचिवमा बढुवा

पत्नीलाई हटाएर पितालाई अध्यक्ष

बिचौलियाले पैसा उठाउँछन्, मन्त्री सरुवा गर्छन्;- भूमिमन्त्रीको काला कर्तुत सार्वजनिक

अवकाश पाएको महिना दिन पछि नै पूर्व सहसचिवलाई कार्यदलको जिम्मेवारी

नियुक्ति,सरुवा,बढूवादेखि ऋृण स्वीकृतिसम्म : यस्ता छन् क्याविनेटका १८ निर्णय

अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

मालपोत हाकिम बन्न ५० लाख! मन्त्री बलराम अधिकारी र प्रमोद खड्काको सेटिङ प्रकट

मन्त्रीबाट हटाइने सूचना पाएपछि विचौलियाको स्वार्थ अनुसार फेरिए मालपोत प्रमुख

बिशेष