रन्जिताले दिइनन् स्पष्टीकरण

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले सोधेको स्पष्टीकरण तोकिएको समयमा नदिएपछि उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। पार्टीको अनुशासन समितिले दिएको २४ घण्टे समयावधि मंगलबार सकिए पनि श्रेष्ठले कुनै प्रतिक्रिया नदिएको समितिले जनाएको छ।

बिज्ञापन

पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई स्पष्टिकरणका लागि २४ घण्टे समय दिँदै जवाफ माग्ने निर्णय गरेको थियो। तर अध्यक्ष श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाउँदै पार्टीको कार्यवाहक अध्यक्षमा शिव बाँस्तोलालाई तोकेकी थिइन्। उक्त निर्णयले पार्टीभित्र थप विवाद सिर्जना गरेको छ।

बिज्ञापन

श्रेष्ठले स्पष्टीकरण नदिएपछि अनुशासन समितिले कारबाहीको सिफारिस गरेको र सो सिफारिसलाई अनुमोदन गर्नका लागि आज राष्ट्रिय भेला बोलाइएको नाउपाले जनाएको छ। राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठको भूमिकामाथि निर्णय गर्ने र अनुशासन समितिको सिफारिसलाई औपचारिक रूपमा अनुमोदन गर्ने सम्भावना छ।

श्रेष्ठ पछिल्लो समय पार्टीभित्र एकलौटी निर्णय र गुटीय गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएकी छन्। यसअघि पार्टीका केही नेताले सार्वजनिक रूपमा उनको आलोचना गर्दै नेतृत्व परिवर्तनको मागसमेत उठाएका थिए।

बिज्ञापन

अबको निर्णयले नाउपाको नेतृत्व संरचना र राजनीतिक भविष्यमा महत्त्वपूर्ण असर पार्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

धनकुटाको नमुना मतदान केन्द्र : सबै कर्मचारी महिला

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

बिशेष