मनिराजले शहर छोडेको खबर अब म्युजिक भिडियोमा

प्राचीन टोखा नगरी आफैमा नेवा सभ्यताको ऐतिहासिकतासहित उभिएको छ । सामाजिक अभियन्ता , समाजसेवी तथा नेता मनिराज डंगोल टोखाको रैथाने हुन । टोखालाई सांस्कृतिक , ऐतिहासिक र सामाजिक ढंगले बुझ्न सक्ने डंगोल आफैंमा एक भला मानुस हुन । ऐतिहासिक टोखा नगरीको कुनै प्राचीन डबलीमा उभिएर यी किसानका असली छोरा मनि अनेकौं सपना देखिरहेका हुन्छन् – त्यो मध्य उनको एउटा सपना हो – नेपाल गाउँहरुलाई आधुनिक कृषि , पर्यटन र होमस्टे ( घर पर्यटन ) मार्फत जोडने सपना । देशकै राजधानी काठमाडौंमा जन्मेपनि मनि गाउँलाई कृषि , पर्यटन , सहभागीतामुलक विकासमार्फत समृद्धिको अभियानमा जोडन चाहन्छन । गाउँलाई सयपत्री फूल झै फुलाउन चाहन्छन । शहरको यो कोलाहललाई मनि चटक्कै छोडन चाहन्छन , गाउँको आतलाई सुम्सुम्याउन चाहन्छन । उनी कुनै सार्वजनिक यातायातमा गाउँ पुग्न चाहन्छन ।

बिज्ञापन

यो अभियानलाई सार्थक बनाउन लगिरहेका छन् मनि।

बिज्ञापन

मनिराज डंगोलका यावत सपनाहरूलाई सम्बोधन गर्दै लोकप्रिय कवि तथा गीतकार श्रवण मुकारुङले गीत कोरेका छ्न – `हाम्रो मनिराजले शहर छोडयो रे । ´ निकै बेजोड शैली लेखिएको यो गीतमा कम्पोज / एरेन्ज / मिक्स / मास्टरिङ्ग मनोज थापामगरले गरेका छन । जसमा गायकहरू रविन्द्र राई र सिद्धार्थ श्रेष्ठले मधुर स्वर भरेका छन् । गीतको म्युजिक भिडियो पनि बनेको छ । जस्मा राष्ट्रिय र स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । यो म्युजिक भिडियोमा स्वयं मनिराजलाई समेत देख्न सकिन्छ ।

मनिराज कर्ममा बिश्वास गर्ने एकजना इमानदार मानिस हुन । कर्मलाई अगाध प्रेम गर्ने मनिराजले आफ्नो दार्शनिक मान्यतालाई सम्बोधन गर्दै कर्मवाद नामक सिद्धान्तसँग आफूलाई समाहित गरेका छन् । यिनै कर्मवादी मनिराजले शहर छोडेको सांगीतिक खबर त्यतिखेर दर्शक / स्रोताहरूले मन पराइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

काँग्रेसका निवर्तमान सांसदविरुद्ध गैरकानुनी आर्जनको मुद्धा,साढे तीन करोड बिगो

सिन्हाले सम्हाले पर्यटन मन्त्रालय

महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

बिशेष