राजस्व अनुसन्धान विभागको महानिर्देशकमा तिर्थराज चिलुवालको सम्भावना बलियो

एक महिनादेखि रिक्त रहेको राजस्व अनुसन्धान विभागको नेतृत्व चाँडै टुंगिने संकेत देखिएको छ। असार १४ गते अनिवार्य अवकाशमा गएका तत्कालीन महानिर्देशक चण्डीप्रसाद घिमिरेपछि खाली रहेको पदमा सहसचिव तिर्थराज चिलुवाल नियुक्त हुने सम्भावना प्रबल भएको स्रोतले जनाएको छ।

बिज्ञापन

सरकारी स्रोतका अनुसार राजस्व अनुसन्धान विभागको महानिर्देशक पदमा निर्णय सम्भवतः भोलि (साउन १४ गते) नै टुंगिन सक्नेछ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार चार जना सहसचिवहरूको सरुवा गरेको छ। तिर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। स्रोतका अनुसार सो सरुवा संभावित जिम्मेवारी सम्हाल्ने तयारीको रुपमा गरिएको हो।

त्यसैगरी, सहसचिव शेषनारायण पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहअन्तर्गत राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा काजमा खटाइएको छ। बुद्धबहादुर गुरुङ आदिवासी तथा जनजाति आयोगमा सरुवा भएका छन् भने मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष