पौडेल मुख्य रजिष्ट्रार,रजिष्ट्रारमा कार्कीको नाम सिफारिस

न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो।

बिज्ञापन

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देबेन्द्रराज ढकाल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको सो पदमा पौडेललाई बढुवा सिफारिस गरेको हो । ०८० पुसमा सर्वोच्च अदालतको मुख्यरजिष्ट्रार भएका ढकाल न्यायाधीश नभइ सेवानिवृत्त हुने पहिलो मुख्यरजिष्ट्रार हुन । ढकाल मुख्य रजिष्ट्रार र पौडेल रजिष्ट्रार एकैदिन भएका थिए। न्याय सेवा, न्याय समूहका ३ जना सचिव रहेका छन्। विमल पौडेल, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेल न्याय समूहका सचिव हुन्। मगर र पोखरेलभन्दा पौडेल करिब ६ महिना अघि रजिष्ट्रार बढुवा भएका थिए । तिनै पौडेललाई सर्वाेच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

दुई बर्ष अगाडि पौडेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा भएका थिए । उनीसँगै बढुवा भएर मुख्य रजिष्ट्रार नियुक्त भएका देवेन्द्रराज ५८ बर्ष लागेर घर गएसँगै पौडेल मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस भएका हुन ।

यस्तै,सर्वाेच्च अदालतको रजिष्ट्रारमा मानबहादुर कार्कीको नाम सिफारिस भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

बिशेष