नारायणी नदीमा डुबेर बालकको मृत्यु, सशस्त्र प्रहरीको टोलीद्वारा शव फेला

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक बालकको शव सशस्त्र प्रहरीले फेला पारेको छ।

बिज्ञापन

शुक्रबार दिउँसो करिब ३:४५ बजे भरतपुर–१५ सूर्यनगर बस्ने १४/१५ वर्षीय मेनसन पुन मगर नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण हेक्वा चितवनबाट सप्रसनि लोकेन्द्र भट्टको कमाण्डमा ९ जनाको विशेष टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीमा दुई जना डाइभिङ मेम्बर र छ जना गोताखोरसमेत थिए।

बिज्ञापन

टोली ३:५५ बजे घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो। करीब २०–२५ फिट गहिराइमा खोजतलास जारी राख्दै जाँदा दिउँसो ४:५५ बजे बालकको शव फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको सक्रियता र तत्कालीन उद्धार प्रयासबाट घटनापछि थप क्षति हुन नपाएको जनाइएको छ। यसअघि पनि नदीमा ज्यान गुमाउने घटनाहरू भइरहेकाले सशस्त्र प्रहरीले जनतालाई नदी वा खोलामा पौडी खेल्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष