सिडिओ र एसपीको कार्यसम्पादन चित्त बुझेन जनप्रतिनिधिलाई

माइती जिल्ला मकवानपुरको कमाण्ड सम्हाल्न पुगेकी सहसचिव स्किम श्रेष्ठ फेरि विवादमा परेकी छिन् । श्रेष्ठ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट सरुवा भएर माईती जिल्लाको कमाण्ड गर्ने अवसर पाएकी थिइन । २०८१ फागुन ९ गतेको गृहमन्त्री स्तरीय निर्णय बाट उनले मकवानपुरको सिडिओ हुने मौका पाएकी थिईन। स्किमका अलवा त्यहाँको एसपी विश्वराज खड्काको कार्यशैलीलाई लिएर हेटौंडाका जनप्रतिनिधिहरू नै आन्दोलनमा उत्रिएका हुन्। प्रशासन र प्रहरीको निष्क्रियताविरुद्ध जनप्रतिनिधिहरू आन्दोलनमा उत्रन बाध्य भएको जनाएका छन् ।

बिज्ञापन

गत असार ४ गते वडा कार्यालयमै जनप्रतिनिधिमाथि हमला भएको थियो । सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेको समूहले जग्गा संरक्षण गर्न खोजेको भन्दै न्यौपानेमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणबाट वडा अध्यक्षको टाउकोमा चोट लागेको थियो ।

बिज्ञापन

यसरी जनप्रतिनिधिमाथि भएको आक्रमणका घटनामा संलग्न दोषीहरूलाई एक महिना बितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै हेटौँडाका मेयर, उपमेयर र १९ वटै वडाका वडा अध्यक्षहरू प्रजिअ श्रेष्ठ र एसपी खड्काबिरुद्द आन्दोलनमा उत्रिएका हुन् । करिब एक महिना अघि वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि कालो मोसो दल्ने घटना भएको थियो । घटनामा संलग्न केही व्यक्तिहरू पहिचान भइसके पनि मुख्य आरोपित पक्राउ नगरेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित बनेका हुन् ।

बिज्ञापन

वडा अध्यक्षहरूले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा टेबुल राखेर सेवा दिने निर्णय गरेका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ ।

यस अघि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएर विवादमा तानिएकी थिइन । जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ लेखेर पत्रकारहरुलाई समेत फोटो खिच्नमा बन्देज लगाएपछि उनी विवादमा परेकी थिइन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

बिशेष