भुमिकामा साहित्यकार अनामणि

वरिष्ठ संस्कृतिविद तथा साहित्यकार रत्नप्रसाद अनामणी भूमिका लेखनमा पनि सक्रिय छन् । दर्जनौं पुस्तकमा भुमिका लेखिसकेका अनामणीले भूमिकाहरूको सानो पुस्तिका नै प्रकाशित गरेका छन् – अनामणिका भूमिकाहरु भाग १।

बिज्ञापन

उनी भूमिकाबारे आफ्नो लेखकीयमा लेख्छन् – `विशेष गरेर सर्जकको कृतिको सामान्य परिचय , थोरै उहाँहरूको विशेषताहरू , मननयोग्य र सान्दर्भिक प्रसङ्गबारे थोरै शब्दमा भूमिका लेखिदिएको छु ।´( अनामणिका भूमिकाहरू भाग १ पृष्ठ ४ ) उनको स्विकारोक्तिले पनि पुष्टि गर्छन् , उनले धेरै जस्तो शुभकामना र शुभेच्छालाई यस् पुस्तकमा स्थान दिएका छन् । छोटा र चोटीला शुभेच्छाहरूले पुस्तकलाई पढनीय बनाएको छ । एउटा सानो र एकै बसाइँमा पढिसकिने पुस्तक छ ।

बिज्ञापन

नेपालमा भुमिका लेखनको परम्परा लामो समय अभ्यास गरिदै आएको छ । आधुनिक र आधुनिक पुर्वका साहित्यमा भुमिका परम्पराले स्थान पाएका छन् । त्यसमा समालोचना चेतका रत्न अनामणी पनि थपिएका छन् । उनले आफ्नो भूमिकालाई थोरै शब्द लेखेपनी त्यो रोचक भएको छ ।

उपन्यास रोजीबारे अनामणी लेख्छन् – ` कुनै पनि कथानक अगाडि बढनका निम्ति चरीत्र उपस्थिति अनिवार्य हुन्छ । तिनै चरित्रलाई वातावरण , भाषा , शैली , उदेश्य अनुरूप विभिन्न मोडहरू सिर्जना गरी उपन्यासलाई जिवन्तता दिइन्छ । यहाँ सर्जक विकास बाबु थापाले यस रोजी उपन्यासलाई यिनै मुख्य कुराहरू विशेष ध्यान दिई बडो मेहनतका साथ चलाखीपूर्व तरिकाले उपन्यास तयार पारेका छन् ।´ ´( अनामणिका भूमिकाहरू भाग १ पेज २२)

बिज्ञापन

यसरी बिधाको सैद्धान्तिक मान्यतालाई जोडेर भूमिकाकारले प्रायः भूमिकाहरू तयार पारेका छन् । जम्मा ४८ पेजको यस सानो पुस्तिकामा अनामणिले साहित्यका अनेकौं बिधाहरूको सैद्धान्तिक मान्यता र मनको भावनालाई समेटेर शुभकामना दिने ढंगका भुमिकाहरू तयार गरेको देखिन्छ । बीस जना सर्जक फरक फरक पुस्तकमा लेखिएका भुमिका एकै ठाउँमा पढने वातावरण यो पुस्तक मार्फत बनेको छ ।
आगामी दिनमा पनि यस्तै भुमिकाको अर्को भाग पनि प्रकाशित होस लेखकलाई शुभकामना छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष