प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

 

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि मन्त्री बलराम अधिकारी समेत जोडिएको घुस डिल प्रकरणको बिषय प्रतिनिधि सभामा प्रवेश पाएको छ ।

बिज्ञापन

मालपोतको कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीका उपाध्यक्ष बनाउन भूमिसुधार मन्त्रीसमेत जोडिएकोले ७८ लाखको ढिल प्रकरणको बिषयले आज प्रतिनिधि सभा बैठकमा प्रवेश पाएको हो ।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रेखा शर्मा,माओवादी सांसद दुर्गा राईदेखि पूर्व मन्त्री सुमना श्रेष्ठसम्मले यो बिषयमा छानबिन गर्न माग गरेका हुन ।

बिज्ञापन

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री रेखा शर्माले कपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारको जवाफ मागेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ? सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’ यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

यस्तै, माओवादी केन्द्रकी सांसद दुर्गा राईले ‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो ? मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन्य ? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ। प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ भन्ने। अनि लिन्न र दिन्न मात्रै भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । पूर्व मन्त्री सुमना श्रेष्ठल् भनिन्,आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । अडियोमा भनिएको सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो ? अडियोमा भनिएको बा को हुन् ?

कास्कीको मालपोत प्रमुख परिवर्तन गर्नका लागि विचौलियामार्फत चलखेल भइरहेको बिषयमा गत वैशाखमै कर्मचारी प्रेसमा समाचार प्रकाशन भएको थियो । केही अघि मन्त्री समेत जोडिएको घुस डिलको प्रकरणको अडियो बाहिरिएसँगै यो बिषयले प्रतिनिधि सभा तातेको हो ।

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

२३ गतेका संयोजक,२९ गते पछि सभापति

प्रतिनिधि सभामा पुग्यो सामान्य प्रशासन मन्त्रीको ७८ लाख घुस डिल प्रकरण

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

बिशेष