सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

कर्मचारी परिचालनमा गृहमन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडी निरिहजस्तै बन्दै गएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयले कर्मचारीहरुलाई अतिरिक्तमा नराख्न पटक पटक पत्राचार गरे पनि गृह मन्त्रालयमा फेरि दुई दर्जन बढी हाकिमको भीड लागेको छ । तिनलाई कतै खटाउन सकेको छैन मन्त्रालयले ।

बिज्ञापन

यस अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को परिपत्र अनुसार गृह मन्त्रालयको बरण्डामा हल्लिरहेका सहसचिवहरूको व्यवस्थापन गरिँदा अझैं केही सहसचिव र उपसचिवहरु बरण्डामै रहन पुगेका हुन । गृहले सहसचिवको दरबन्दीमा रहेका केही उपसचिवहरुलाई गृहमा फिर्ता गरे पनि उनीहरुलाई महिनौंसम्म कतै जिम्मेवारी दिन सकेको छैन । यसरी पछिल्लो समय गृह मन्त्रालयमा जिम्मेवारी नपाउने प्रशासकहरुको संख्या दुई दर्जन बढी पुगेको छ । जसमध्ये ७ सहसचिव र १८ उपसचिव जगेडामा छन् ।

बिज्ञापन

यसरी बरण्डामा पुगेकामध्ये केही कारवाहीमा परेर गृहमा तानिएका हुन । कार्यसम्पादनमा खोट देखिएपछि गृहको बरण्डामा तानिएका तीर्थराज भट्टराई सहित लालबाबु कवारी, वेद प्रसाद खरेलका अलवा कल्पना श्रेष्ठ, नर बहादुर थापा, बुद्ध बहादुर गुरुङ, लिला शर्माहरु अहिले बरण्डामा थन्काइएका छन ।

यस्का अलवा उपसचिवहरू खेमराज ओझा, दिनेश प्रसाद थानी, फणीन्द्र दाहाल, जितेन्द्र कुमार यादव, माधवप्रसाद ढुंगाना, सिता परियार, विजया कुमारी प्रसाई, सूर्यप्रसाद उपाध्याय र तारानाथ पनेरु,नवराज जैसी, रमा आचार्य सुवेदी, सत्यराज जोशी, नरेश कुमार यादव, पर्शुराम पोखरेल, शेखर पौडेल, अच्युत श्रेष्ठ, दीर्घराज उपाध्याय र मोहनराज जोशी पनि जगेडामा रहेको शाखाको रेकर्डमा उल्लेख छ ।

बिज्ञापन

बरण्डामा आइपुगेकामध्ये जैसी आफ्नै गृहजिल्ला दैलेखको प्रमुख जिल्ला अधिकारी थिए भने उपाध्याय र जोशीहरु सहसचिवको दरबन्दीमा उपसचिवले प्रमुख जिल्ला अधिकारी भएर काम गरिरहेका थिए । यस्तै सीता परियार,तारानाथ पनेरु लगायतका केही उपसचिवहरु त्रिवि अध्यागमनबाट फिर्ता भएर अहिले मन्त्रालयको बरण्डामा आइपुगेका हुन ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

१५ उपसचिवको सरुवा : २ अख्तियार पुग्दा सामान्यको बरण्डाबाट तीनलाई निकालियो

शाखा अधिकृत,लेखापाल,सब इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा

४.४ प्रतिशत कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, ३ हजार २३० जनालाई १० हजार जरिवाना तयारी

बिशेष