सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात प्रमुखलाई कालोमोसो

 सेवाग्राहीसँग घुस लिएको अभियोगमा यातायात कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेलमाथि नेकपा (बहुमत) धनकुटाले जनकारबाही गरेको छ। कारबाहीको क्रममा उनलाई कालोमोसो दलिएको छ।

बिज्ञापन

पार्टीका स्थानीय नेताहरूका अनुसार कार्यालय प्रमुख लुईंटेलले सवारी दर्ता, लाइसेन्स, र कागजात नवीकरणलगायतका सेवाका लागि सेवाग्राहीहरूसँग घुस माग्दै आएको उजुरीहरू आएपछि जनकारबाही गरिएको हो।

बिज्ञापन

घटनापछि नेकपा (बहुमत) धनकुटाका जिल्ला संयोजकले भने, “जनताको पसिना र करबाट तलब खाने कर्मचारीले फेरि जनतामाथि शोषण गर्छ भने जनकारबाही अनिवार्य हुन्छ। भ्रष्टाचारविरुद्धको हाम्रो अभियान निरन्तर चल्नेछ।”

घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने, कारबाहीपछि लुईंटेललाई स्थानीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार विषयमा थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन

यसबीच, लुईंटेलले आफूले कुनै पनि प्रकारको घुस नलिएको दाबी गर्दै घटना योजनाबद्धरूपमा गराइएको प्रतिक्रिया दिएका छन्।

धनकुटामा पछिल्लो समय सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचार र सेवाग्राहीमाथिको दुर्व्यवहारविरुद्ध सर्वसाधारण र राजनीतिक समूहहरूको चासो बढ्दो छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष