पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

पतञ्जली जग्गा घोटाला प्रकरणमा प्रतिवादी बनेका सहसचिव कलानिधि पौडेललाई विशेष अदालतले २५ हजार धरौटी लिएर छाडेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा उपसचिव हुँदा पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिनामा संलग्न देखिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित तत्कालीन उपसचिव पौडेल लगायतका ९३ जना प्रतिवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै गत जेठ २२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यसरी मुद्धा दायर हुँदा तत्कालीन उपसचिव पौडेललाई समेत प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरिएको थियो ।

बिज्ञापन

मुद्धा दायर भएसँगै तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल ३५ लाख धरौटी बुझाएर छुटेका छन् भने तत्कालीन उपसचिव पौडेललाई हालैमात्र २५ हजार धरौटी लिएर छाडिएको विशेष अदालतले जनाएको छ । पौडेल निलम्बनमा पर्नु अघिसम्म जल तथा ऊर्जा आयोग सचिवालयमा कार्यरत थिए । उनी २०७३ साल माघमा सहसचिवमा पदोन्नति भएका पौडेल उपसचिवबाट सहसचिव भएको ८ वर्षपछि भ्रष्टाचार मुद्दामा डामिएका हुन्। पौडेल कानुन समूहको सचिव बन्ने लाइनमा छन् । तर, भ्रष्टाचार अभियोगका कारण अब उनी सरकारी सेवाबाटै बाहिरिनेछन् वा क्लिन चिट पाउनेछन्,त्यस्का लागि विशेषको फैसला कुर्नुपर्ने हुन्छ ।

बिज्ञापन

पौडेल सहसचिव हुँदा कार्यालयलाई आफन्त भर्तिकेन्द्र बनाउँदै आफ्ना छोरी, साली, सालोलाई जागिर खुवाएर सरकारी स्रोत र सम्पत्तिको दुरुपयोग गरिएको बिषयका कारण उनी आलोचित हुँदै आएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष