मुलुक संघीयतामा गएको झण्डै एक दशकपछि महत्वपूर्ण मानिएको संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाबाट पारित भएको छ । विद्येयकमा कर्मचारीको उमेर हद दुई बर्ष बढाउने,अतिरिक्त सचिवको व्यवस्था,मुख्य सचिव र सचिवहरुको कार्यकाल एक एक बर्ष घटाउने लगायतका दर्जनौं नयाँ प्रावधानहरु थपिएका छन् । विद्येयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएको खण्डमा बहालरत कुन कुन सचिव र सहसचिवहरुको जागिर लम्बिएला त ?
बिज्ञापन
असारमै ऐन जारी भएमा यसबाट सबैभन्दा बढी लाभ मुख्यसचिव एकनारायण अर्यालले उठाउने देखिएको छ । मुख्यसचिव अर्यालझैं विद्येयक पारित भएमा अहिले भौतिक सचिवको जिम्मेवारीमा रहेका केशवकुमार शर्मा लाभन्वित हुने देखिएका छन् । यस्तै लोकसेवा आयोगबाटै घर जान लागेका खगेन्द्र सुवेदी,जसलाई सचिव बनाउने नाममा एक नम्बरमा रहेका डण्डु घिमिरेको नाममा टिपेक्स लगाइएको थियो उनीहरु पछि लाभन्वित हुने अर्काे सचिव बन्नेछन् सुवेदी । यस्तै उर्जा सचिव सुरेश आचार्यको जागिर अवधि केही लम्बिने छ । यही बर्ष ५८ बर्ष उमेर हद लागेर घर जान लागेका सचिवहरु फणिन्द्र गौतम,डा. रामप्रसाद घिमिरे, डा. हरिप्रसाद लम्सालदेखि दिपक खरालसम्मको जागिरे अवधि एक बर्ष लम्बिने देखिन्छ ।
बिज्ञापन
५८ बर्ष उमेर हदकै कारण आगामी बर्ष घर फर्किन लागेका तीस भन्दा बढी सहसचिवहरुको कार्यकाल लम्बिने देखिन्छ । जसबाट सबैभन्दा बढी लाभ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थन्काइएका सहसचिव ढुण्डीप्रसाद निरौला, अर्जुन गौतम,राजेन्द्रप्रसाद भण्डारी,शैलजा रेग्मी भट्टराई,शंकर नेपाल, सेवन्तराज दाहाल,यज्ञराज कोईराला,किरण थापा,कविराज पौडेल, यज्ञप्रसाद ढुंगेल,बद्रीनाथ अधिकारी, शिवराज ढकाल,ज्ञानप्रसाद ढकाल, कुमारप्रसाद दाहालका अलवा शिवराम पोखरेल, थानप्रसाद पंगेनी,दीर्घराज मैनाली,े प्रेमप्रसाद भट्टराई,भरत गौतम लगायतका सहसचिवहरु समेत लाभन्वित हुने देखिएको छ ।
हालै प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विद्येयकमा कर्मचारीको उमेर हद ५८ बाट ६० बनाउन सहमति जुटेको छ । सोही अनुसार झण्डै एक दर्जन सचिव र ३० भन्दा बढी सहसचिवहरुको जागिरे अवधि थप एक बर्ष लम्बिने भएको हो । ऐन जारी भएको बर्ष ५९ बर्षमा अवकाश पाउने र अर्काे बर्ष देखि ६० बर्षे उमेर हद राख्ने गरी विद्येयकमा व्यवस्था बनेका कारण ती सचिव र सहसचिवहरुले थप एक बर्ष जागिर खान पाउने भएका हुन ।