रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

रसुवा, असार १५ – दुर्गम हिमाली जिल्ला हुम्लाका जनतालाई लक्षित गर्दै रसुवागढी नाका हुँदै खाद्यान्न ढुवानी सुरु गरिएको छ। नेपाल खाद्य संस्थानले सस्तो मूल्यमा चामल आपूर्ति गर्न चीनमार्ग प्रयोग गरेको हो।

बिज्ञापन

काठमाडौंबाट पठाइएको चामल हाल रसुवाको केरुङ नाका पुगेको छ। केरुङसम्म नेपाली कन्टेनर प्रयोग गरिएको छ भने त्यसपछि तिब्बती भू–भाग हुँदै हिल्सा नाकासम्म चिनियाँ गाडीमार्फत ढुवानी गरिने रसुवाका समाजसेवी सुरेश थोक्राले जानकारी दिनुभयो।

बिज्ञापन

छ दिनको यात्रा

काठमाडौंबाट केरुङ, तिब्बत हुँदै हिल्सासम्म खाद्यान्न पुर्‍याउन करिब ६ दिन लाग्ने अनुमान गरिएको छ। हिल्साबाट खाद्यान्न ट्र्याक्टर र खच्चरमार्फत नेपाल खाद्य संस्थानको गोदामसम्म पुर्‍याइनेछ।

त्यसपछि खाद्यान्न सिमकोट सदरमुकाम र नाम्खा गाउँपालिकाको यालबाङ वितरण केन्द्रमा पु¥याइनेछ। संस्थानले यो मार्गबाट चामल सस्तो पर्ने भएकाले ढुवानी यही बाटोबाट गरिरहेको हो।

बिज्ञापन

५,५०० क्विन्टल चामल भन्सार पास

रसुवा भन्सार कार्यालय, टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार हालसम्म ५,५०० क्विन्टल चामलको भन्सार प्रक्रिया सम्पन्न भइसकेको छ।

चिनियाँ सडक, नेपाली राहत

कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु लगायतका जिल्लामा माथिल्लो भेगसम्म सडक सञ्जाल नपुगेका कारण चीनतर्फको पूर्वाधार प्रयोग गरी लामो समयदेखि खाद्यान्न ढुवानी हुँदै आएको छ।

२०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रसुवा–केरुङ नाका मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

 

“हाम्रो भूमिमा राहत, चीनको बाटोमा भर”

रसुवाका युवा नेता एवं समाजसेवी सुरेश थोक्रा भन्छन्:

“हाम्रा कर्णालीवासी दाजुभाइदिदीबहिनीका लागि वर्षौंदेखि रसुवा नाका भएर खाद्यान्न ढुवानी हुँदै आएको छ। चिनियाँ सडक पूर्वाधारले राहत पुर्‍याउने काम गरिरहेको छ भने हामी रसुवावासीहरू समन्वय र सहयोगमा संलग्न भइरहेका छौँ।”

“केरुङ नाकामा रोकिएको नेपाली कन्टेनर – हुम्लाका लागि सस्तो चामल बोकेर तिब्बती भू–भाग हुँदै हिल्सा पुग्ने तयारीमा।”

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष