नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

नेपाली सेनाका झण्डै दुई दर्जन महासेनानी (कर्नेल) को सरुवा गरिएको छ । जंगी अड्डा, भद्रकालीस्थित सैनिक सचिव विभागले प्रकाशित गरेको सूचनाअनुसार असार ११ गतेदेखि लागु हुनेगरी २२ जना महासेनानीको जिम्मेवारी हेरफेर गरेको हो ।

बिज्ञापन

जसअनुसार नेपाली सैनिक वार कलेजका मिलन तुलाचनलाई रणनीतिक अध्ययन तथा योजना निर्देशनालयमा र उपत्यका पृतना हेडक्वार्टरका वीरेन्द्र मल्ल ठकुरीलाई एम्युनिशन कार्य महाशाखामा सरुवा गरिएको छ ।

बिज्ञापन

त्यस्तै रणनीतिक अध्ययन तथा योजना निर्देशनालयका मनोज थापा मध्यपूर्वी पृतना हेडक्वार्टरमा र सैनिक सामाग्री प्राप्ति निर्देशनालयमा रहेका सुधिर केसी नम्बर ९ बाहिनी अड्डा पुगेका छन् । गुणस्तर नियन्त्रण महाशाखाका सुधिर केसीलाई सैनिक सचिव विभागमा तानिएको छ । सोही विभागका मनोज भण्डारीकोनम्बर २६ वाहिनी अड्डामा सरुवा भएको छ ।

नम्बर ९ बाहिनी अड्डाका डम्बरबहादुर बोहरा सैनिक इन्टेलिजेन्स निर्देशनालय, उपत्यका पृतना हेडक्वार्टरका सुरज वैदवार नेपाली सैनिक प्रतिष्ठान, एम्युनिशन कार्य महाशाखाका लक्ष्मीभक्त श्रेष्ठको मध्यपूर्वी पृतना हेडक्वार्टरमा सरुवा भएको छ ।

बिज्ञापन

सरुवा हुने अन्य महासेनानीमा नेपाली सैनिक बार कलेजका गौतमचन्द्र केसीको नम्बर २२ बाहिनी अड्डा, जंगी असवाव खानाका दिनेश अधिकारी राष्ट्रिय प्रतिरक्षा महाविद्यालय, पूर्वी असवाव खानाका पंकजराज पोखरेललाई उपत्यका पृतना हेडक्वार्टरमा लगिएको छ ।

मध्यपश्चिम पृतना हेडक्वार्टरका झुलेन्द्रविक्रम बस्नेत विशेष फौज वाहिनी पुगेका छन् । नम्बर ६ वाहिनी अड्डाका शिखर जंगबहादुर राणा सैनिक वार कलेजमा,नीति तथा योजना निर्देशनालयका पवनकुमार खड्का श्रव्यदृश्य तथा प्रकाशन महाशाखा, विशेष फौज वाहिनीका समुन्द्र थापालाई मध्य पृतना हेडक्वार्टर र सैनिक संगठन निर्देशनालयका प्रकाश थापालाई सैनिक कमाण्ड तथा स्टाफ कलेजमा लगिएको विभागले जनाएको छ ।

सरुवा सूचीअनुसार महासेनानी सैनिक सचिव विभागका विश्वनाथ तिमिल्सिना सुदूर पश्चिम पृतना हेडक्वार्टर पुगेका छन् । निरीक्षण निर्देशनालयका विजय बस्नेत सैनिक सचिव विभागमा,सोही विभागका विकास केसी गुणस्तर नियन्त्रण महाशाखा र मध्यपश्चिम पृतना हेडक्वार्टरका सन्जिव सिलवाललाई सैनिक कमाण्ड तथा स्टाफ कलेजमा लगिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने

काम नगर्ने ठेकेदारमाथि सरकारको कडा कारबाही : देशभर १९७ रुग्ण ठेक्का एकैचोटि तोडियो

बालेनकै मान्छे माग्न थाले गृहमन्त्रीको राजीनामा, ईको काउन्टर – ‘सारथि फेरिए प्रधानमन्त्री पनि फेरिन्छ’

चालु आर्थिक बर्षको तीन महिनामै तीन सचिवले दिए राजीनामा

काम नगर्ने ठेकेदारलाई सडक डिभिजन काठमाडौको कडा जवाफ — ‘अब सुधार नभए ठेक्का समाप्त

म्यान्डेट बिर्सिएर अर्थहीन काममा अल्झिरहेछ सुशीला सरकार

डिजिटल नापीको युग : प्राविधिक दक्षता, पारदर्शिता र नागरिक सुविधा तर्फको अग्रसरता

अब को होला २९ औं मुख्य सचिव ?

बिशेष