प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

पर्सा — बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। भ्रष्टाचारमा संलग्न भएको ठोस प्रमाण भेटिएको भन्दै आयोगले उनलाई पक्राउ गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

शुक्रवार काठमाडौँस्थित आयोगको केन्द्रीय टोलीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो। उनीमाथि पोखरिया र बहुदरमाई नगरपालिकामा कार्यरत रहँदा विभिन्न विकास योजना र ठेक्का प्रक्रियामा अनियमितता गर्दै गैरकानुनी लाभ लिएको आरोप छ।

 

बिज्ञापन

आयोग स्रोतका अनुसार, श्रीवास्तवले पदको दुरुपयोग गरी व्यक्तिगत लाभका लागि रकम मागेको र लिएको पुष्टि हुने प्रमाण फेला परेको छ। उनले पोखरिया नगरपालिकामा कार्यरत रहँदा पनि यस्तै प्रकारका गतिविधि गरेको आशंका गरिएको छ।

 

हाल उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ। स्थानीय तहमा रहेको प्रशासकीय पदको दुरुपयोग भएको यो घटना सार्वजनिक भएपछि सरोकारवालाबीच चासो बढेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

बिशेष