सिडियोले सच्चिने प्रतिवद्धता जनाएपछि ‘व्याक’ भए कर्मचारी

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले गल्ती सच्याउने प्रतिवद्धता जाहेर गरेसँगै कर्मचारीहरु आन्दोलनको कार्यक्रमबाट व्याक भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको ५२ औं सिडियोका रुपमा दुई महिना अगाडिमात्र गृह मन्त्रालयले खरेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर अर्घाखाँची पठाएको थियो ।

बिज्ञापन

यस अघिका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सात महिनामा त्यहाँबाट सरुवा भएर हिडेसँगै गत वैशाख ३ गतेदेखि प्रमुख जिल्ला अधिकारीका रुपमा अर्घाखाँची पुगेका थिए,खरेल । गत चैत्र २२ को गृहमन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीको रुपमा अर्घाखाँचीमा हाजिर हुन पुगेका थिए खरेल ।

बिज्ञापन

तर पछिल्ला दुई महिनामा आफूमातहतका कर्मचारीलाई अपशव्द बोल्ने,फाँटमा नबस्ने,कर्मचारीहरुलाई रेस्पोन्स समेत नगर्ने,सेवाग्राहीसँग झर्काे फर्काे गर्ने लगायतका उनका व्यवहारका कारण जिल्ला प्रशासनका कर्मचारीहरु हैरान र आजित थिए ।

यसरी प्रमुख जिल्ला अधिकारीको कार्यशैलीबाट आजित भएका जिल्ला प्रशासन कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुले उनी विरुद्ध आन्दोलनमै उत्रने र प्रारम्भमा पेन डाउन गर्ने निर्णयमा पुगेका थिए,कर्मचारीहरु । प्रशासनका कर्मचारीहरुका अनुसार सिडियोको कार्यशैलीविरुद्ध आजदेखि जिल्ला प्रशासनका दुई दर्जन कर्मचारीहरु आन्दोलनमा उत्रने र प्रारम्भमा पेन डाउन गर्ने तयारी थियो तर सो अगाडि एक चरण प्रमुख जिल्ला अधिकारीसँग वार्तामा बस्ने निर्णय गरे ।

बिज्ञापन

आज बिहान भएको छलफलमा प्रमुख जिल्ला अधिकारीले आफ्नो गल्ती महसुस गरेर,गल्ती स्वीकारेसँगै कर्मचारीहरु पेन डाउनको कार्यक्रमबाट व्याक भएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका कर्मचारीहरुले जनाएका छन् । अर्घाखाँची जिल्ला प्रशासनमा मात्र होइन जिल्लामै पहिलो पटक यस्तो घटना घटेको कर्मचारीहरु बताउँछन् ।

खरेलले यस अघि वर्दियाको प्रमुख जिल्ला अधिकारी हुँदै बुटवलमा  प्रदेश सचिव समेत चलाइसकेका कर्मचारी हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष