जबरजस्ती करणी मुद्दामा सरकारी इञ्जिनियरलाई न्यायलयको ‘क्लिन चिट’

जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ ।

बिज्ञापन

घरमा काम सघाउने युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भइ छुटिसकेका इञ्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै बलात्कार मुद्दामा सफाइ दिएको हो । अदालतले पीडित युवतीले दाबी गरेझैं बलात्कार कसुरमा दाबी नपुग्ने ठहर गर्दै अदालतले यौन दुर्व्यवहारमा परिणत हुने आदेश गरेको हो ।

बिज्ञापन

इञ्जिनियर पोखरेलविरुद्ध ०८० असोज ६ गते अदालतमा मुद्दा दर्ता भएको थियो । उनी ८० साल असोज १३ गते पक्राउ परेका थिए । सोही वर्ष कात्तिक २० गते न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले पोखरेललाई धरौटीमा छाडेको थियो । त्यसयता पेसी तोकिए पनि पटक–पटक स्थगित र हेर्न नभ्याइने हुँदै आएको उक्त मुद्दाको ४४ ‍औँ पटकको पेसीमा शुक्रबार अदालतले बलात्कार मुद्दामा दाबी नपुग्ने फैसला गरेको हो ।

गत शुक्रबार ४६ औं पटक पेशी चढेकोमा न्यायाधीश भुसालको इजलासले बलात्कार मुद्दामा दाबी नपुग्ने भन्दै यौन दुर्व्यवहारमा परिणत गरिदिएको हो । जिल्ला अदालतको आदेशसँग पक्राउ परेर थुनामा रहेका इञ्जिनियर पोखरेल शुक्रबार नै रिहा भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

बिशेष