२० हजार घुस लिने नासु भ्रष्टाचारी ठहर

कर्मचारीमाथि एउटा निर्मम आरोप लाग्दै आएको छ,अवसर पाएको खण्डमा कात्रोमा समेत कमिसन खान पछि पर्दैनन् ।

बिज्ञापन

त्यस्तै आरोपलाई पृष्टि गरेका छन्,एक नासुले । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु अशोक कुमार यादवले किरिया खर्चमा समेत घुस लिए गत मंसिर ७ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत यादवले किरिया खर्चको रकमबाट घुस लिएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारले नासु बस्ने कुर्सी मुनिबाट रकम बरामद गरेको थियो ।

बिज्ञापन

नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकममा समेत घुस लिए पछि अख्तियारले नियन्त्रणमा लिएर विशेषमा मुद्धा लगेको थियो ।

अख्तियारले विशेषमा मुद्धा लगेको ६ महिना पछि अदालतले यादव घुस लिएको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायधीशद्धय राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।

बिज्ञापन

यस्तै विशेषले सोही मुद्धाका अर्का आरोपी दिनेश प्रसाद साहको हकमा दावी पुष्टि हुने वस्तु निष्ट प्रमाण नभेटिएकाले अदालतले सफाई दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष