शिशिर बुढाथोकीको पाँच मुक्तक

मुक्तक १
सुख दुःख जिन्दगी हो रमाउनुपर्छ
केही पाउनलाई केही गुमाउनुपर्छ
भाग्यमा छ भन्दैमा खुसी आफै बर्सिदैन
खुसी हुनलाई पनि त पीडा लुकाउनुपर्छ।

बिज्ञापन

मुक्तक २
म हिँड्ने बाटोमा, बरु काँडा रोपी जाऊ
छिया छिया यो मुटुमा सियो खोपी जाऊ
जहाँ जानु छ जाउ,तिमी जान सक्छयौ
बिन्ती तिम्रै यादमा ढलेको यो लास छोपी जाऊ।

बिज्ञापन

मुक्तक ३
जनताको रगत चुसेर भुडी भर्दैछौ
मिलिजुली देश लुट्न सहर झर्दैछौं
अरे लाज नभ’का नकाचरो पापीहरू
आफ्नै आमालाई बलात्कार गर्दैछौ

मुक्तक ४
हत्केलाले घामलाई छेक्न सकिन्न
भाग्यको लेखा जो मेट्न सकिन्न
यहाँ जस्ले जति नै, मै हुँ भनेपनि
आखिर नमरी स्वर्ग, देख्न सकिन्न

बिज्ञापन

मुक्तक ५
थोरै हँसाए जस्तो गर्दै रुवाएर जान्छ
नयन भित्र पानी,लुकाएर जान्छ
यो कस्तो याद ,छोडेर गयो आमा
पलपल मन मुटु दुखाएर जान्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् अध्यागमन कार्यालयका पावरफुल उपसचिवहरू (सूचीसहित)

अब म्यानपावर नविकरण गर्दा गुगल लोकेशन अनिवार्य

पहिले तछाड मछाड,अहिले भागाभाग

शिशिर बुढाथोकीको पाँच मुक्तक

हरिभक्त सिग्देलको कविता : सुनाैला लाग्दछन् बाला

सचिव विदेशमा, सात दिने स्पष्टीकरण टेबलमा

भिजिट भिसा प्रकरणमा गृह सचिव दुवाडी छानबिनको घेरामा

कर्मचारीहरू कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

बिशेष