हरिभक्त सिग्देलको कविता : सुनाैला लाग्दछन् बाला

दुष्ट पुरुष जो हुन्छ भार्या अभागी छिन् तिनी
पत्नी दुष्ट हुने हुन्छ रोएको पतिको जिमी ।
नहाेस् मूर्ख कुनै मित्र कसैलाई कहीँ पनि
अनायास दिने दुःख कदापि सुख हुन्न नि ।।

बिज्ञापन

मुखाले सहयाेगी जो नबुझी मुख लाग्दछ
ठूला काम बिगारेर उसले नाश गर्दछ ।
सर्पकाे छ जहाँ बास नबस्नु त्यस ठाउँमा
बन्धु विराेधमा जो छन् नबस्नु त्यस गाउँमा ।।

बिज्ञापन

जति बाँड्याे त्यति बढ्छ न भारी हुन्छ बाेक्नमा
नबाँड्नु पर्छ बन्धुमा सजिलो छैन चाेर्नमा ।
विद्या धन अति श्रेष्ठ धनमा छ याे उत्तम
राजा मानिन्छ स्वदेश विद्वान सबमा नमः ।।

पुस्तकीय भए विद्या अरूका हातकाे धन
लाग्दैनन् यी दुवै काम जब पर्दछ खर्चन ।
दु:खमा घाटमा जाँदा जाे हुन्नन् साथमा यहाँ
त्याग त्यस्ता सबै बन्धु छैनन् काम जहाँतहाँ।।

बिज्ञापन

माता गुरु पिता साथै श्रद्धेय जनका प्रति
नभुल्नु गर्न सम्मान हुने तिम्राे छ उन्नति ।
निष्काम कर्ममा लाग्दा कर्मकाे फल फुल्दछ
सुनाैला लाग्दछन् बाला सुखी जीवन झुल्दछ ।।

दुष्ट सङ्गतले दुष्ट आत्मा दुष्ट बनाउँछ
अनेकाैँ विषका तुल्य बैगुनी गुन छर्दछ ।
अन्यायका भए कर्म पलका निम्ति टिक्दछ
त्यस्ताका घरमा लक्ष्मी नबसी सत्व भाग्दछ ।।

नखाऊ दुष्टकाेअन्न छाड सङ्गत तत्क्षण
मित्रता गर्नु पैल्यै नै हेर सत् सत्य लक्षण ।
समता र समभाव स्वरूप रम्नु पर्दछ
आत्म अमर याे सत्य मरिन्न बुझ्नु पर्दछ ।।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष