हरिभक्त सिग्देलको कविता : सुनाैला लाग्दछन् बाला

दुष्ट पुरुष जो हुन्छ भार्या अभागी छिन् तिनी
पत्नी दुष्ट हुने हुन्छ रोएको पतिको जिमी ।
नहाेस् मूर्ख कुनै मित्र कसैलाई कहीँ पनि
अनायास दिने दुःख कदापि सुख हुन्न नि ।।

बिज्ञापन

मुखाले सहयाेगी जो नबुझी मुख लाग्दछ
ठूला काम बिगारेर उसले नाश गर्दछ ।
सर्पकाे छ जहाँ बास नबस्नु त्यस ठाउँमा
बन्धु विराेधमा जो छन् नबस्नु त्यस गाउँमा ।।

बिज्ञापन

जति बाँड्याे त्यति बढ्छ न भारी हुन्छ बाेक्नमा
नबाँड्नु पर्छ बन्धुमा सजिलो छैन चाेर्नमा ।
विद्या धन अति श्रेष्ठ धनमा छ याे उत्तम
राजा मानिन्छ स्वदेश विद्वान सबमा नमः ।।

पुस्तकीय भए विद्या अरूका हातकाे धन
लाग्दैनन् यी दुवै काम जब पर्दछ खर्चन ।
दु:खमा घाटमा जाँदा जाे हुन्नन् साथमा यहाँ
त्याग त्यस्ता सबै बन्धु छैनन् काम जहाँतहाँ।।

बिज्ञापन

माता गुरु पिता साथै श्रद्धेय जनका प्रति
नभुल्नु गर्न सम्मान हुने तिम्राे छ उन्नति ।
निष्काम कर्ममा लाग्दा कर्मकाे फल फुल्दछ
सुनाैला लाग्दछन् बाला सुखी जीवन झुल्दछ ।।

दुष्ट सङ्गतले दुष्ट आत्मा दुष्ट बनाउँछ
अनेकाैँ विषका तुल्य बैगुनी गुन छर्दछ ।
अन्यायका भए कर्म पलका निम्ति टिक्दछ
त्यस्ताका घरमा लक्ष्मी नबसी सत्व भाग्दछ ।।

नखाऊ दुष्टकाेअन्न छाड सङ्गत तत्क्षण
मित्रता गर्नु पैल्यै नै हेर सत् सत्य लक्षण ।
समता र समभाव स्वरूप रम्नु पर्दछ
आत्म अमर याे सत्य मरिन्न बुझ्नु पर्दछ ।।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष