टेलिकमको ठेक्कामा व्यापक अनियमितता:- ३३ करोड ४८ लाखको भ्रष्टाचार

काठमाडौं — नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्कामा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

आयोगले आइतबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा हाल निलम्बनमा रहेका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ। भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपमा मुछिएपछि पौडेल निलम्बनमा परेका थिए। त्यसपछि २०८१ साल भदौमा सरकारले संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।

बिज्ञापन

बिलिङ प्रणालीको ठेक्का प्रक्रिया र कार्यान्वयनका क्रममा ठेक्का सम्झौता, सेवा कार्यान्वयन, मूल्यांकन तथा भुक्तानीसम्बन्धी चरणहरूमा भ्रष्टाचार भएको आयोगको ठहर छ।

आयोगले आरोपपत्रमा ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। उक्त बिगोअनुसार कैद र जरिवाना सजाय माग गर्दै, बिलिङ प्रकरणबाट मात्रै ९ करोड ८८ लाख रुपैयाँ बराबरको हानि–नोक्सानी भएको उल्लेख छ। आयोगले त्यो रकम असुल गर्न पनि अदालतसमक्ष माग राखेको छ।

बिज्ञापन

टेलिकमजस्तो ठूला आम्दानी गर्ने सार्वजनिक संस्थामा भएको भनिएको यस प्रकारको भ्रष्टाचारको प्रकरणले सार्वजनिक निकायमा पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिदा दुरुपयोगमा मुछिइन वैज्ञानिक,सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

बिशेष