टेलिकमको बिलिङ ठेक्कामा भ्रष्टाचार आरोप : प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं — नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिज्ञापन

अख्तियार स्रोतका अनुसार यो मुद्दामा हाल निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीमा परेका छन्। भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बनमा परेपछि २०८१ साल भदौमा सरकारले संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो।

बिज्ञापन

बिलिङ प्रणालीको ठेक्का प्रक्रिया र कार्यान्वयनका क्रममा भएको भ्रष्टाचारका आधारमा अख्तियारले १८ जना संलग्नहरूमाथि ३३ करोड ४८ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो।

विशेष अदालतमा मुद्दा दर्ता प्रक्रिया अगाडि बढिरहेको छ भने यससम्बन्धी फाइल अहिले पनि रुजु प्रक्रियामा रहेको स्रोतको भनाइ छ।

बिज्ञापन

बिलिङ प्रणालीजस्तो संवेदनशील पक्षमा भएका कथित अनियमितता र उच्च पदस्थ अधिकारीहरूको संलग्नताले टेलिकमको नेतृत्व र व्यवस्थापनप्रतिको विश्वसनीयतामा गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

आम आदमीसहित ६ राजनीतिक दल खारेज

शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

घर जान लागेका एसएसपीविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँपालिकाका अध्यक्षका आफन्तको धमाधम अस्वाभाविक बढुवा, अख्तियारले माग्यो स्पष्टीकरण

संसद पुनस्थापना र सर्वदलीय सरकारको चर्चा बीच शीतल निवासमा तोडियो संवादहीनता

पूर्व गृहसचिव,आइजीपी र सहसचिवको स्थान हद फुकुवा

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकलाई काट्यो पत्र,शुक्रवार बयान लिने तयारी

बिशेष