१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकियो प्रथम राष्ट्रिय महिला भेला

१५ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै  एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल केन्द्रीय महिला विभागको प्रथम राष्ट्रिय महिला भेला सम्पन्न भएको छ ।

बिज्ञापन

ने क पा (एकीकृत समाजावादी) का उप महासचिव एवं राष्ट्रिय सभा सदस्य माननीय गरिमा साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको र २ दिनसम्म चलेको उक्त भेलाले कार्यस्थलमा महिला कर्मचारीको सुरक्षा, महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न दवाव दिने, ३० दिनको तलब बराबरको शिशु स्याहार भत्ता उपलब्ध गराउनु पर्ने साथै संघीय निजामती सेवा ऐन जारी गर्दा महिलामैत्री विषयवस्तुहरु समावेश गर्नुपर्ने लगायतका विषय समेटेर १५ बुँदे काठमाडौं घोषणा पत्र जारी गरेको हो ।

बिज्ञापन

कार्यक्रममा सेवा निवृत्त अगुवा महिला कर्मचारीहरुलाई सम्मान समेत प्रदान गरेको थियो । देशभरिका अगुवा महिला संगठकहरुको सहभागितामा चलेको उक्त भेलामा विभागको प्रमुख टिकादेवी आचार्यले प्रतिवेदन पेश गर्नुभएको थियो भने संगठनका केन्द्रीय सल्लाहकार सिन्धु पाण्डेले महिला कर्मचारी चुनौती र अवसर विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि संगठनका केन्द्रीय उपाध्यक्ष भूवन राई र महासचिव प्रकाश राईले टिप्पणी गर्नु भएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष