रेडपाण्डा चोर आफै जाकिए खोर

ललितपुरको जावलाखेल स्थित चिडियाखानामा राखेको दुर्लभ प्रजातिको रेडपाण्डा (हाब्रे) चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेमा धादिङ घर भएर स्वयम्भु बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारत घर भएर स्वयम्भु बस्ने २६ वर्षीय मोहमद ताफिक छन् । आरोपीहरूलाई स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले  बताए ।

बिज्ञापन

आरोपीहरू विरुद्ध चोरी उद्योग सम्बन्धी कसुरमा सोमबार ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए ।

चोरीमा संलग्न मोहमद ताफिक स्वयम्भु क्षेत्रमा चराचुरुङ्गीको व्यवसाय गर्छन् । उनले कृष्ण गुरुङको सहयोग लिएर दोस्रो प्रयासमा रेडपाण्डालाई समातेर चिडियाखाना बाहिर लैजान खोजे पनि पाण्डा कराएर भाग्दै रुखमा चढेपछि उनीहरू असफल भएका हुन् ।

बिज्ञापन

प्रहरीले भनेको छ, ‘वैशाख३० गते रातको समयमा उनीहरु पुनः सदर चिडियाखानामा दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न भनि आई सदर चिडिया खानामा रहेको उक्त एक मात्र रेड पाण्डालाई नियन्त्रणमा लिई झोला भित्र राखि चोरी गरी लिएर जाने क्रममा रेड पाण्डा कराएको साथै चिडियाखाना भित्रका कर्मचारीहरुको समेत आवातजावत भएपश्चात उनीहरु उक्त रेडपाण्डा राखिएको झोला सहित रेड पाण्डा राख्न बनाईएको कम्पाउण्ड भन्दा बाहिर रहेको निगालो घारीमा छाडी भागि फरार भएको पाईए पश्चात उक्त चोरी उद्योग गर्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी काठमाण्डौ महानगरपालिका स्वयम्भुबाट पक्राउ गरी चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरी सम्मानित अदालतबाट दिन ५ म्याद थप अनुमति लिई थप अनुसन्धानको कार्य भइरहेको ।’

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

बिशेष