२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

गृह मन्त्रालयले २१ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले अतिरिक्त समूहका रहेका कर्मचारीहरुलाई सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिम्मेवारविहिन रहेका कर्मचारीहरुलाई तीन दिनभित्र जिम्मेवारी दिन परिपत्र गरेसँगै मन्त्रालयले शाखा अधिकृतहरुको सरुवा गरेको भए पनि दर्जनौं उपसचिव,सहसचिवहरुलाई अझैं जिम्मेवारी दिन सकेको छैन ।

बिज्ञापन

गृहले सार्वजनिक गरेको सरुवा सूची अनुसार,अर्जुनजंग शाहलाई कारागार व्यवस्थापन,मनोहर थापालाई जिल्ला प्रशासन कार्यालय,कपिलवस्तुको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,बेनि बहादुर मोक्तानलाई कारागार कार्यालय लमजुङको जेलरको जिम्मेवारी दिइएको छ । दिपेश रिजाललाई पाँचथर जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ ।

बिज्ञापन

सरुवा सूची अनुसार,दिनेश के एमलाई कारागार व्यवस्थापन कार्यालय,राजबहादुर विष्टलाई जिप्रका बर्दियाको प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ,गृह प्रशासनले । भरतकुमार दासलाई जिप्रका पर्साको प्रशासकीय अधिकृत,दिनेश खनाल कारागार व्यवस्थापन कार्यालयमा खटाइएको छ । त्यहाँ तिर्थराज कटेल,काशीप्रसाद पंगेनी,गम्भीर सिंह विष्ट,मानबहादुर सारु र सरस्वती अधिकारी खनाललाई समेत सोही कार्यालयमा खटाइएको छ ।

यस्तै,श्यामबहादुर राउतलाई इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर,रौतहटमा पठाइएको छ । शितल बहादुर रावललाई जिप्रका बाजुरा पठाइएको छ । चन्द्रकान्त भण्डारीलाई गुल्मी जिल्लाको प्रशासकीय अधिकृत,सागर गौतमलाई झापा जिल्लाको प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
यस्तै सुजितकुमार कर्ण इलाका प्रशासन लाहान पुगेका छन । महेन्द्र सिंह रावल जिप्रका कञ्चनपुरको प्रशासकीय अधिकृतको जिम्मेवारी पाउँदा विष्णु सहनी इलाका प्रशासन वारा पठाइएको छ ।
CCF05292025_rotated

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष