भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

 

बिज्ञापन

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीको गृहमन्त्री रमेश लेखकले सरुवा गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले ११ जना डिआइजीहरुको पदस्थापन गर्दा अख्तियारमा कार्यरत रहेका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको सरुवा गरेका हुन ।

बिज्ञापन

श्रेष्ठले भिजिट भिसाको सेटिङमा जोडिएका त्रिवि अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित माथि अनुसन्धान गरिरहेका थिए । गृहमन्त्रीले पनि राजीनामा दिनु पर्ने र छानविनको दायरामा ल्याउनु पर्ने माग उठिरहेका बेला यो मुद्दाको अनुसन्धान गरिरहेको अख्तियारका प्रहरी प्रमुखलाई सरुवा गरेर काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाएका हुन । अख्तियारमा हालै बढुवा भएका डीआईजी ओमबहादुर रानालाई पदस्थापन गरिएको छ ।

श्रेष्ठ नेपाल प्रहरीमा काबिल अनुसन्धान अधिकृतका रुपमा चिनिन्छन् । अख्तियारले उनलाई अनुसन्धान टोलीमा समावेश गरेपछि मन्त्रालयले आज ११ जना डिआइजीको पदस्थापना गर्दा श्रेष्ठ त्यहाँबाट एकाएक धपाइएका छन् । उनको ठाउँमा अर्का डिआइजी ओमबहादुर रानालाई पठाइएको छ ।

बिज्ञापन

गृहमन्त्री लेखक र उनको सचिवालय मुछिएको यो प्रकरणमा अख्तियारले गम्भीर अनुसन्धान गरिरहेको बेला श्रेष्ठलाई बीचैमा सरुवा गर्नुलाई स्वाभाविक मानिएको छैन । यस अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि उच्च राजनीतिक नेतृत्वको नाम आउन थालेपछि प्रहरी अधिकारीहरु बीचमै सरुवामा परेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष