कर्मचारी नेताहरूबाट व्यवसायी पीडित

एकीकृत सरकारी कर्मचारी संगठनका केही नेताहरुको आशा,भरोसा र विश्वास गर्दा आफ्नो लाखौं रकम डुबेको र फिर्ता नआएको भन्दै पीडित व्यवसायीले गुनासो गरेका छन् । संगठनका लागि भन्दै लाखौको सर सामाग्री लगेर रकम भुक्तानी नपाएको भन्दै व्यवसायीले पीडा पोखेका हुन ।

बिज्ञापन

एकीकृत सरकारी कर्मचारी संगठनका तत्कालीन नेताहरु मोहन घिमिरे,भोला पोखरेलदेखि आरसी अधिकारीहरुको वचनमा विश्वास गर्दा एक व्यवसायी प्रताडीत बन्न पुगेका हुन । बर्षाैसम्म पनि आफूले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै पीडित व्यवसायी हाम्रो सम्पर्कमा आइपुगेका हुन ।  कर्मचारी नेताहरुको भरोसा गर्दा तीन बर्षसम्म भुक्तानी नपाएपछि आजित छन्,ती व्यवसायी ।

बिज्ञापन

उनी हुन,जया फर्निचरका मालिक भुवन तुलाधर । सरकारी कार्यालयमा कार्पेट,गलैचा र फर्निसिङ्गका काम गर्दै आएका तुलाधरलाई तिर्नुपर्ने लाखौं रकम एकीकृत सरकारी कर्मचारी संगठनका नेताहरुले नर्तिदा उनी आजित भएका हुन । राजधानीको बिजुलीबजारस्थित कृष्ण टावरमा उनको कार्यालय छ । मोहन,भोलाहरुसँग पूरानै चिनजान हो उनको । जब एमाले निकट नेपाल निजामती कर्मचारी संघठनबाट एउटा समूह चोइटियो । त्यसको नेतृत्व गरे,अधिकृत मोहन घिमिरेले । उनी उपसचिवमा उक्लनु अगावै कुरा,अर्थात तीन बर्ष अगाडि समाजवादी उपत्यका विशेष कमिटी र निजामती इलाकाका नेताहरूले पार्टी विभाजनपछि कार्यालय सञ्चालनका लागि भन्दै फर्निचर सामाग्रीहरु मागे ।

भोला,आरसी,जीवन र मोहनहरुले भनेअनुसार ०७८ सालमा विभिन्न फर्निचर सामग्रीहरु दिए । जस अनुसार, कार्पेट ५७५ सय ५७ वर्गफिट ४० का दरले २२ हजार २४४ रुपैयाँ, २ बाइ ४ को टेबल सात थान ११०० को दरले ७७,००० एलसेट टेबल १००२५, ८७५ नेट मिडियम कालो कुर्ची सात थानलाई ९ हजार ६ सय का दरले ५७ हजार २ सय, पर्दा २१ पिस ९५० का दरले १९ हजार ९५० रुपैयाँ गरी दुई लाख १२ हजार २ सय ५८ रुपैंयाको विल उठ्यो । तर,हातले दिएर खुट्टालाई दुख भनेझैं यो तीन बर्षको बीचमा सयौं पटक ती नेताहरुलाई भेट,फोनमा ताकेता गरे तर भुक्तानी भएन । तुलाधर भन्छन्,“उनीहरूले नेताको नाममा सामान मगाए, हतारमा तिर्ने भने, तर तीन वर्ष पुग्दा पनि पैसा दिँदैनन् । भुक्तानीका लागि पटक पटक ताकेता गर्दा कहिले बैंक खाताबाट तिर्नेछौँ भनेर पन्छिन्,कहिले पार्टीले नबुझाउँदा ढिलो भयो भन्दै तर्कने गरेकोमा पीडा पोख्छन्,तुलाधर । उनले गहभरी आँशु पारेर भने“व्यापार ग¥यो भने पैसा आउँछ भन्ने सामान्य मान्यता हो तर यत्रा ठूला नेताहरूको नाममा सामान बेच्दा त झनै फसेको छु ।‘

बिज्ञापन

उनले राजनीतिक पहुँच र हैसियतको नाममा व्यवसायी शोषण भइरहेको समेत गुनासो गरेको छन् ।  मोहन घिमिरे उपसचिवमा बढूवा भइसकेका छन् । उनी अहिले सामान्य प्रशासनको वातावरण शाखामा कार्यरत छन् । भोला पनि सो संगठन छाडेर पूरानै घर फर्किएर अहिले आधिकारिक ट्रेड युनियनको कार्यवहाक अध्यक्ष छन् भने आरसी एमाले निकट कर्मचारी संगठनमा महासचिव छन् ।

राजधानीको बिजुलीबजारस्थित कृष्ण टावरमा रहेको जया फर्निचर नामक व्यवसाय तीन वर्षदेखि दुई लाखभन्दा बढी बक्यौता असुल गर्न संघर्षरत छ। व्यवसायका सञ्चालक भुवन तुलाधारका अनुसार समाजवादी उपत्यका विशेष कमिटी र निजामती इलाकाका नेताहरूले पार्टी विभाजनपछि कार्यालय सञ्चालनका लागि किनेको फर्निचर सामग्रीको भुक्तानी आजसम्म नगरेका हुन्। तत्कालीन समय मौखिक रुपमा सामान राख्न निर्देशन दिने अधिकांश कर्मचारी नेताहरु पूरानै घर फर्किएका कारण पनि उनीहरुले भुक्तानीका लागि पहल नगरेको पीडित व्यवसायी बताँउछन् ।

तुलाधारका अनुसार २०७८ सालतिर पार्टी विभाजनपछि तत्कालीन समाजवादी समूहका नेताहरू आरसी अधिकारी, मोहन घिमिरे  र भोला पोखरेल जस्ता नेताहरूले पार्टी कार्यालय सञ्चालनको नाममा विभिन्न फर्निचर सामग्री खरिद गरेका थिए। तर, पटक–पटक ताकेता गर्दा पनि तीन वर्षदेखि कुनै किसिमको रकम नदिएको गुनासो छ।

उनी भन्छन्,”के फर्निचर व्यवसायीको पनि संघ, संगठन बनाउनुपर्ने हो र? ताकि राजनीति गर्नेहरूले यस्तो अपमान नगरून्।”

यद्यपि उक्त संगठनका पूर्व अध्यक्ष तथा हाल उपसचिवको जिम्मेवारीमा रहेका मोहन घिमिरेले यो बिषय आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन् । कर्मचारी प्रेसमा समाचार प्रकाशन भए पछि उनले भनेका छन्,समाचार लेख्नु भएछ ठीकै छ तर यो कुरा सुनेको मैले यही समाचार हेरेर हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको स्थानीय तहलाई परिपत्र : समुदायलाई मनसुनजन्य विपद्प्रति जागरुक बनाउनु

भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेका डिआइजीको अख्तियारबाट सरुवा

नेपाल प्रहरीका ११ डीआईजीको पदस्थापना,को कहाँ ?

परीक्षामा सहभागी नै नभई घरैमा कार र जीपको सवारी लाइसेन्स,अख्तियारले चलायो ४ विरुद्ध मुद्धा

आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जाने अवसर, असार १ सम्म आवेदनको ‘टाइमलाइन’

माओवादीले सदन चल्न नदिने गृहमन्त्रीको राजीनामा ‘बटमलाइन’

बिशेष