वालुवाटार पुगेका गृहमन्त्रीलाई ‘पद त्याग्ने कुरै नगर्नुहोस’ भन्दै फर्काइदिए प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले पद त्याग्नु नपर्ने बताएका छन् ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा जोडिएका मन्त्री लेखकले पद त्याग्नुपर्ने आवाज उठाएर विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहँदा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,गृहमन्त्री रमेश लेखकका अलवा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

बिज्ञापन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो । भेटमा रमेश लेखक राजीनामा गर्न तयार थिए यद्यपि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिरहेका बताइएको छ ।

प्रधानमन्त्री ओलीले यो ‘तपाइँविरुद्ध मात्र होइन गठबन्धनविरुद्धको कुरा हो। त्यसैले राजीनामा गर्ने कुरै छैन’ भन्दै प्रधानमन्त्रीले रोकेका कारण गृहमन्त्री राजीनामा नदिइ बसेका छन् ।

बिज्ञापन

यो सँगै सत्ताधारी दलले भने गृहमन्त्रीको राजीनामा नदिने नीति लिएको छ । एउटा कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिँदै हिड्ने कुरा हुन्छ र ? भन्दै सत्ताधारी दलका नेताहरु गृहमन्त्री रमेश लेखकको पक्षमा बोलिरहेका छन् ।

उता, प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन संवाद गर्दै संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् तर प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने जबाफ फर्काएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष