मानव बेचबिखन मुद्दाका आरोपी रसुवाका लोप्चन कारागार चलान

मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोप लागेका रसुवाको नौकुण्ड गाउँपालिका–६ निवासी उर्पा तामाङ उर्फ उर्पा लोप्चन कारागार चलान भएका छन्।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
उर्पा लोप्चनलाई प्रहरीले यही जेठ ८ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ बाट पक्राउ गरेको थियो।

बिज्ञापन

मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार, अनुसन्धानपश्चात जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई जगन्नाथदेवल कारागार कार्यालयमा चलान गरिएको हो।

लोप्चनमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार मुद्दा दायर गरिएको बताइएको छ। थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

बिशेष