६ सचिवको सरुवा,२ को पदस्थापन

सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । रिक्त हुन पुगेको संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव खटाउँदा अन्य पाँच सचिवहरु हेर फेर गरिएको हो ।
गणेश पाण्डे अवकाशमा गएसँगै रिक्त रहेको संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्याबाट हरिप्रसाद मैनालीलाई ल्याइएको छ । पर्यटनमा आउनका लागि सार्वजनिक खरिद अनुगमनमा कार्यरत मुकुन्द निरौलाको निकै जोडबल थियो तर बाजी मैनालीले मारेका छन् ।

बिज्ञापन

स्वास्थ्यमा भने बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थलाई ल्याइएको छ ।

बिज्ञापन

शिक्षाका डा दीपक काफ्लेलाई उपराष्ट्रपतिको कार्यालयमा थन्काएर त्यहाँ लोकनाथ पौड्याललाई ल्याइएको छ । रक्षा मन्त्रालय हुँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पुगेका किरणराज शर्माको लोकसेवा आयोगमा पुग्दा लोकसेवाबाट डिल्लीराम शर्मा वित्त आयोग पुगेका छन्।

यस्तै हिजोको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ सहसचिव भुपाल बराल र प्राविधिकतर्फ दिनानाथ मिश्र सचिवमा बढुवा गरेको छ ।

बिज्ञापन

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधु भेटवालले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले मिश्रलाई बढुवा गरेको छ ।

यता हिजोको क्याविनेटले बागमती प्रदेशको प्रमुख सचिवमा भूपाल बराल र गण्डकी प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेललाई पदस्थापन गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष