लेखापढीमार्फत २० हजार घुस, रंगेहात अख्तियारको फन्दामा परे खरिदार

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान एक खरिदारलाई २० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिज्ञापन

अख्तियारले बाँकेको कोहलपुरस्थित मालपोत कार्यालयका खरिदार हरिचन्द्र पाण्डेलाई २० हजार नगद घुससहित आज नियन्त्रणमा लिएको हो । मालपोतको मुद्दाफाँटमा कार्यरत पाण्डेले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पाण्डेले लेखापढी व्यवसायी शान्ति पुनमार्फत घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोली कोहलपुरस्थित मालपोत कार्यालय पुगेको थियो । नेपालगञ्जबाट गएको आयोग टोलीले कोहलपुर नगरपालिका ११ स्थित तिवारी रेस्टुरेन्टबाट पाण्डे, पुन र रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ । खरिदार पाण्डेले लेखापढी व्यवसायी पुनमार्फत सेवाग्राहीसँग उक्त रकम लिएर रेस्टुरेन्ट सञ्चालक तिवारीलाई राख्न दिएका थिए ।
अख्तियारले उक्त रकम लिएर तिवारी रेष्टुरेण्टका सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा लेखापढी व्यवसायी (विचौलिया) शान्ति पुन र घनश्याम तिवारी पनि आयोगले नियन्त्रणमा लिएर तीनै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कता हाल्लान ५ लाख ४५ हजार सुरक्षाकर्मी र निजामती कर्मचारीले मत ?

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

उपमहानगरपालिकाको कार्यसम्पादन रिर्पोट : बुटवल अब्बल,इटहरी सबैभन्दा कमजोर

कार्यसम्पादन मूल्यांकनमा विराटनगर सबैभन्दा अब्बल,काठमाडौं सबैभन्दा कमजोर

विवादित डम्बरु निरौला फेरि शक्तिको केन्द्रमा : मेयर पौडेलकै रोजाइमा जीतपुरसिमरा हाकिम

बिशेष