यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

मन्त्रिपरिषद्को पछिल्लो बैठकले गरेका विभिन्न ९ वटा निर्णयहरु बाहिरिएको छ । जस अनुसार,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीलाई यही जेठ ११ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन भ्रमण स्वीकृत गरेको छ ।

बिज्ञापन

यस्तै बैठकले नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी अस्ट्रेलिया र वन तथा वातावरण राज्यमन्त्री रुपा विकको ताजिकिस्तान भ्रमण पनि स्वीकृत गरेको छ ।

बिज्ञापन

यस्तै, नेपाली सेनाको सैनिक प्राविधिक सेवाअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप्ने, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति (पाँचौं संशोधन) आदेश, २०८२ स्वीकृत गर्ने क्याबिनेटको अर्को निर्णय छ । बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत पनि गरेको छ ।

नवनिर्मित चार लेनको महाकाली पुल आसपास महाकाली नदीको बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाएर व्यवस्था गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गरिनुका साथै सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८ दशमलव ६० वर्गमिटर जग्गा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय भवन निर्माणका लागि उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष