बिचौलिया खड्का ५० लाख खर्च गरेर हाकिम फेर्दै

शहरी विकास मन्त्रालयबाट भूमि व्यवस्थामा पुगेका जीवन सेढाई लामो समयसम्म जिम्मेवारविहिन रहे । महिनौं पछि उनलाई लतिलपुर मालपोतको प्रमुखको जिम्मेवारी दिएर पठाइएको थियो त्यहाँ ।

बिज्ञापन

तर,उनी पुगेपछि पनि विकृती र विसंगती घट्नुको सट्टा झन झन बढेको भन्दै गुनासो पटक पटक मन्त्रालयमा पुग्यो । त्यही कारण पटक पटक फिर्ता गर्ने तयारी चल्यो । यद्यपि उनी त्यही टिकिरहेका छन्,मकवानपुरका एमालेका एक नेतालाई भगवानै मान्ने सेढाई,तिनकै बलमा उनकै कृपाले त्यहाँ टिकिरहन सफल भएको हुन,भन्छन मन्त्रालयका कर्मचारीहरु ।

बिज्ञापन

सेढाई कार्यालय प्रमुख भएर गए पनि त्यहाँ लेखापढी व्यवसायीहरुको रजगज चल्ने गरेको भिडियो सामाग्री नै कर्मचारी प्रेसले प्राप्त गरेको छ । कर्मचारी प्रेसलाई प्राप्त एक भिडियोमा उक्त कार्यालयका कार्यकक्षमा कर्मचारीभन्दा विचौलियाहरु घुसेर काम गरिरहेको भेट्न सकिन्छ । पछिल्लो समय सो कार्यालयबाट कित्ताकाट,जग्गा नामसारी, पुन नाम दर्ता जस्ता कार्यमा गैरकानुनी शुल्क असुली र दलालमार्फत काम गर्ने प्रवृत्ति बढेको सेवाग्राहीहरुको गुनासो छ ।
महिनौंदेखि मन्त्रालयमा जिम्मेवारविहिन भएर रहेका उनै सेढाईलाई ललितपुर मालपोत लैजाने काम भूमिका एक विचौलियाले गरेका हुन भन्ने आरोप लाग्दै आएको छ । उसो त उपत्याकाका अधिकांश मालपोत कार्यालयका प्रमुखहरु उनै विचौलिया प्रमोद खड्काको इच्छा अनुसार पुग्ने गर्दछन् । विचौलियाका इच्छा पर्ति गर्नेहरु सो कार्यालयमा टिक्छन्,इच्छा पूर्ति गर्न नसक्नेहरु फलिन्छन् ।

उसो त सेढाईको कार्यशैलीका कारण कर्मचारीहरु नै रुष्ट रहेको गुनासो मन्त्रालयसम पुगेका छ । कार्यालयभित्रका केही शाखा प्रमुख तथा लेखा अधिकृतसँग राम्रो समन्वय नभएको एक कर्मचारीले बताए । मुद्दा शाखामा मनपर्ने कर्मचारीलाई राख्ने, अनुशासन उल्लंघन गर्ने कर्मचारीलाई संरक्षण दिने काम भएको कर्मचारीहरुले मन्त्रालयमा गुनासो गरेका छन ।

बिज्ञापन

उदयपुर, गाईघाटका एक प्रभावशाली बिचौलिया प्रमोद खड्काले हाल ललितपुर मालपोत कार्यालयमा कार्यरत कार्यालय प्रमुख जीवन सेडाईलाई हटाएर आफ्नो निकटका कर्मचारीलाई नियुक्त गराउने तयारी गरिरहेको खुलासा भएको छ। प्राप्त जानकारीअनुसार, हाल वीरगञ्ज मालपोत कार्यालयमा कार्यरत अशोक भट्टराई वा काभ्रे मालपोतका प्रमुख दीपक कोइरालालाई ल्याउने योजनामा प्रमोद खड्का लागिपरेका छन्। सोका लागि विचौलियालाई राम्रै खोका लगानी भएको बताइदैंछ ।

यसैबीच, मालपोत इनरुवाका प्रमुख षड कुमार पोखरेल यही जेठ १० गते रिटायर्ड हुँदैछन् भने विराटनगर मालपोत कार्यालयका प्रमुख भानुभक्त न्यौपाने पनि यही जेठ १६ गते अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको यो अवसरलाई पनि बिचौलियाले आफ्नो मान्छे घुसाउने ‘सुनौलो अवसर’ का रूपमा लिएको देखिन्छ। यो घटनाक्रमले समग्र मालपोत प्रणालीमा सुधारको खाँचो र पारदर्शितामाथि गम्भीर बहसको आवश्यकता देखिएको छ।

प्रशासनिक निर्णयमा बिचौलियाको हस्तक्षेपले केवल सेवाग्राहीको हैरानी मात्र बढाउँदैन, राज्यसंस्थामाथिको जनविश्वाससमेत डगमगाउने खतरा रहन्छ। मालपोत कार्यालयहरूमा देखिएको यो चलखेललाई रोक्न अब सम्बन्धित मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकायहरूले तत्काल ध्यान दिन आवश्यक छ। यस्ता गतिविधिमा संलग्न जो कोहीमाथि निष्पक्ष अनुसन्धान र कारवाही नहुने हो भने, भ्रष्टाचारले सार्वजनिक सेवा प्रणालीलाई नै खोक्रो बनाउने निश्चित छ।

यो पनि

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

सामान्य र भूमिको सरुवा : विचौलियाले बोकेकालाई जतिखेरै,निरिह कर्मचारीलाई मापदण्ड

सामान्यमा मोटोपैसाको चलखेल: मन्त्री गुप्ताको कार्यशैलीप्रति व्यापक असन्तुष्टि 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक करोड हिनामिना प्रकरण : तत्कालीन कृषि सचिव सिंह भ्रष्टाचारी ठहर

दुई प्राविधिक र शिक्षा सेवाका एक सहसचिवको सरुवा

झापामा मनसुनजन्य जलप्रकोप न्यूनीकरणका लागि संयुक्त अभ्यास सम्पन्न

भ्रष्टाचार मुद्धा चलेपछि स्वत: निलम्बनमा परे सहसचिव र उपसचिव

बैंकका पाँच कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्धा

पतञ्जलीको जग्गा प्रकरण : खरिदारदेखि पूर्व मुख्यसचिवसम्म प्रतिवादी (नामसहित)

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दायर,सांसद पद स्वत निलम्बन

२३ जना नासुको सरुवा : ६ लाई काज,२ को गृहमा इन्ट्री

बिशेष