लथालिङ्ग काँग्रेसको भातृ संगठन : ९ महिना पछाडि धकेलियो कर्मचारी युनियनको महाधिवेशन

नेपाल निजामती कर्मचारी युनियनको आगामी माघसम्म कार्यवहाक अध्यक्षकै भरमा चल्ने भएको छ ।

बिज्ञापन

यस अघि नवौं महाधिवेशन ०८२ वैशाख ४ र ५ गते काठमाडौंमा गर्नेगरी मिति तय भएकोमा ९ महिना पछाडि धकेलिएको हो । यो सँगै वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले थप थप ८ महिना कावा चलाउने भएका हुन । अध्यक्ष गोपाल पोखरेल अघिल्लो महिनामात्र अवकाश लागेर घर फर्किएसँगै काँग्रेसका अन्य भातृ संगठनझैं कर्मचारी युनियन पनि कार्यबहाकको भरमा चल्ने स्थितिमा पुगेको हो ।

बिज्ञापन

संघका महासचिव जनकबहादुर रावलले मंगलबार संशोधित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन आगामी माघ ५, ६ र ७ गते हुने जनाएका छन् ।

रावलका अनुसार,महाधिवेशनलाई लक्षितगरी जेठ १० गतेदेखि असोज मसान्तसम्म सदस्यता वितरण तथा नविकरण प्राथमिक कार्यसमिति गठन र स्थानीय कार्यसमितिको अधिवेशन गरिनेछ ।

बिज्ञापन

त्यसैगरी, आगामी कात्तिक मसान्तभित्र जिल्ला र प्रदेश विभागीय कार्यसमितिको विभागीय अधिवेशन सम्पन्न गर्ने, मंसिरमा विभागीय समन्वय प्रदेश अधिवेशनको आयोजना गर्ने जानकारी दिइएको छ । सबै जिल्ला र प्रदेश विभागीय समितिलाई असोजभित्र र केही कारणबस् बाँकी रहने समितिलाई अधिवेशन सकाएको एक साताभित्र विवरण पठाउन निर्देशन दिइएको छ ।

‘अधिवेशन सम्पन्न भई विवरण पठाउन बाँकी रहेका जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले २०८२ आषाढ मसान्तभित्र र अधिवेशन सम्पन्न हुन बाँकी जिल्ला विभागीय–प्रदेश विभागीय कार्यसमितिले अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र कागजात पठाउन भनिएको छ ।

क्रियाशील सदस्यताको सक्कल फाराम र साधारण सदस्यताको अर्धकट्टी, सदस्यता शुल्क जम्मा गरेको भौचरको छायाँप्रति, अधिवेशन उद्घाटन तथा बन्द सत्रमा उपस्थितहरुको विवरणलगायतका कागजात पठाउन भनिएको छ ।

नेपाली काँग्रेसका १३ वटा भातृ संगठन तदर्थ समिति बनाएर चलेका छन् । समयमा महाधिवेशन गर्न नसकेपछि नेपाल महिला संघ, नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ लगायतका दर्जन भातृ संगठनहरु तदर्थ समिति बनाएर चलिरहेको छ ।तिनै भातृ तथा शुभेच्छुक संघका भीडमा नेपाल निजामती कर्मचारी युनियन पनि थपिएको हो । गत महिना सम्पन्न गर्नुपर्ने महाधिवेशन झण्डै नौं महिना पछाडि सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पत्रकारिता पृष्टभूमिबाट राजीतिक नियुक्ति,पदमा पुगेपछि विवादै विवाद

कालिकालाई सर्वोत्कृष्ट अवार्ड

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

बिशेष