१३ जना अधिकृतहरुको सरुवा

न्याय सेवा आयोगले १३ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आयोगले प्रदेशका मन्त्रालय,विभिन्न मन्त्रालय,आयोग,विभागमा रहेका अधिकृतहरुको सरुवा गरेको हो ।
जस अनुसार,सामाजिक विकास मन्त्रालय कोशीबाट कानुन अधिकृत निर्मल भट्टराईलाई प्रदेश सभा सचिवालय मधेश प्रदेशमा खटाइएको छ भने अर्थमा दरबन्दी रही काजमा सामाजिक विकास मन्त्रालय लुम्बिनीमा कार्यरत रहेका प्रेम पन्थीलाई सोही प्रदेशको उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै,सार्वजनिक खरिद अनुगमनमा दरबन्दी रहेर काजमा खानेपानी मन्त्रालयमा कार्यरत संगीता महर्जनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । सुजाता भण्डारी लुम्बिनी प्रदेशबाट भाषा आयोग,स्वास्थ्य मन्त्रालयबाट सेनाबहादुर श्रेष्ठलाई कानुन मन्त्रालय,काजमा राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रहेका अजित केशरी केन्द्रमै सरुवा मिलाइएको छ ।
सूची अनुसार,प्रजु डोटेललाई कानुन आयोगबाट कानुन मन्त्रालयमा सरुवा गरिएको छ भने निरकुमार विश्वकर्मालाई वैदेशिक रोजगार विभागमा सरुवा गरिएको छ । उनी सोही कार्यालयमा काजमा कार्यरत थिए ।
मधेश प्रदेशको प्रदेशसभामा कार्यरत चन्दकुमार ठाकुरलाई कोशी प्रदेश,सामाजिक विकास मन्त्रालय,काजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीमा कार्यरत रहेका नविन पौडेललाई कानुन मन्त्रालयमा ल्याइएको छ ।
यस्तै बाबुराम भण्डारीलाई पनि मन्त्रालयमै ल्याइएको छ । काजमा सत्यनिरुपणमा कार्यरत रहेका सुचना सुनारलाई मन्त्रालयमै ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमा काजमा कार्यरत अपेक्षा अधिकारीलाई निजामती किताबखानामा पठाइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष