सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

जनताको मतद्धारा प्रतिनिधि सभामा चुनिएका सांसदहरुका थरी थरी काण्ड बाहिरिएका छन् । कोही मानव वेचविखनजस्ता गम्भीर अपराधमा मुछिएर प्रहरी हिरासतमा पुगेका छन् भने सहकारी ठगी प्रकरणमा जोडिएर अर्काे सांसद हिरासतमै छन् । यस्तै,सहकारी ठगी प्रकरणमा जोडिएकी एक सांसद फरार छिन् । बिहिबारमात्र काँग्रेसका एक वहालवाला सांसदमाथि भ्रष्टाचार मुद्धा चलेसँगै उनी पनि निलम्बनमा परेका छन् ।

बिज्ञापन

बिहिबार टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्तारूढ कांग्रेस नेता मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बन हुने सांसदको सङ्ख्या ३ पुगेको छ । जसमध्ये दुई कारागारमा छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनी विरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन् ।

भ्रष्टाचारसम्बन्धी ऐन अनुसार कुनै पनि बहालवाला कर्मचारी र सांसद उपर मुद्धा चलेसँगै उ स्वत निलम्बनमा पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार तत्कालका लागि बस्नेत निलम्बनमा परेका हुन । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियारले बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बस्नेतको पद निलम्बन भएको हो ।

बिज्ञापन

बस्नेत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसअघि सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । उच्च अदालत बुटवलको आदेशमा लामिछाने अहिले थुनामा छन् । लामिछाने चितवन ३ बाट निर्वाचित सांसद हुन् ।

यस्तै भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद पनि निलम्बन छ । रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।

विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, रास्वपा सभापति समेत रहेका रवि लामिछाने निलम्बनमा छन् । यस्तै राप्रपाकी सांसद गीता बस्नेत फरार छिन्।

रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन् । रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायरपछि निलम्बनमा छन् । सहकारी ठगी आरोपमा राप्रपाकी बस्नेत फरार छिन् ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेसकै सांसद टेकबहादुर गुरुङ सर्वोच्चको आदेशले निलम्बन फुकुवा भई प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका यी ‘हाइप्रोफाइल’ले कसरी पाए सफाइ ?

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

पूर्व मन्त्री,सचिवसहित १६ विरुद्ध ३ अर्बको भ्रष्टाचारको मुद्धा दायर

बिशेष