पाँच सहसचिवको सरुवा,पत्र बुझ्न नमान्दा मन्त्रालयमा लफडा

उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले पाँच जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको गत शुक्रवारको निर्णय अनुसार पाँच सहसचिव आन्तरिक सरुवा गरेको हो । आन्तरिक सरुवामा परेका सहसचिवमा जीवछ मण्डल,सागर चन्द,सन्दिव देव,चिरञ्जिवी चटैत,महेश्वर श्रेष्ठ लगायत रहेका छन् ।

बिज्ञापन

यसरी सरुवामा परेकामध्ये केही तीन महिना नपुग्दै अन्यन्त्र पठाइएको भन्दै असन्तृष्टि पोखेका छन् । सरुवामा परेका केही सहसचिव पत्र बुझ्न नमानेपछि आइतबार मन्त्रालयमा रमिता चलेको थियो ।

बिज्ञापन

सूची अनुसार चिरञ्जिवी चटैतलाई तीन महिना नबित्दै मन्त्रालयको उर्जा महाशाखामा तानिएको छ भने जीवछ मण्डललाई आयोजनालाई खटाइएको छ ।

यस्तै,सन्दिव देवलाई आयोगको सचिवालय,महेश्वर श्रेष्ठलाई नौमुरे आयोजना,सागर चन्दलाई मन्त्रालयको विकास सहायता महाशाखामा खटाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सचिव सुरेश आचार्य एउटा कार्याक्रमको सिलसिलामा भुटानतिर भएको मौकामा मन्त्रीले ती सहसचिवहरु हेरफेर गरेका थिए । सचिवसँगै विदेश गएका सहसचिव जीवछ अकाश यात्रामै हुँदा सरुवामा परेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

बिशेष