अकुत सम्पत्ति जोडेका सब इञ्जिनियर विशेष अदालत धाउँदै

काठमाडौँ उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत एक सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

पौड्यालले मिति २०५१ वैशाख ९ देखि २०८० असार ३१ गतेसम्मको अवधिमा तलब, भत्ता, उनी र परिवारको नाममा रहेको जग्गा बिक्री आय, बीमा र छोराछोरीको पारिश्रमिकसमेत वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र घर निर्माण, जग्गा खरिद, अध्ययन खर्च, पिस ब्याङकुट एण्ड रेष्टुरेन्टमा लगानी, सवारीसाधन खरिद, शेयर, ऋण सापटी, सुनलगायतको खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार सब–इन्जिनियर पौड्याल २०५१ वैशाख ९ गते निजामती सेवामा प्रवेश गरेका थिए । उनीविरुद्ध उजुरी परेपछि ०८० असार ३१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा तीन करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको पाइएको बताइन्छ ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष