पछिल्लो समय भैरहवा भन्सारमा पुगेका रामप्रसाद रेग्मीको कार्यक्षमता र कार्यसम्पादनमाथि नै प्रश्न उठिरहेको समयमा उनले एउटै समूहको पक्षपोषण हुने गरी काम गरिरहेको आवाजको सो कार्यालयकै कर्मचारीहरुले विरोध गर्न थालेका छन् । रसुवा भन्सारमा हुँदा बदमासीमा मुछिएर मन्त्रालयमा तानिएका उनलाई कारवाही नगरी उल्टै मेचीनगर भन्सारमा खटाइएको थियो । त्यहाँबाट रुपन्देही पुगेका रेग्मीको समूहले भन्सारका सामाग्रीहरुको लिलामीमा एउटा समूहको पक्षपोषण गरिरहेको भन्सारकै कर्मचारीहरुले जनाएका छन् ।
बिज्ञापन
कुनै पनि भन्सार कार्यालयले पक्रेको अवैध तथा भन्सार छलिएका सामान बुझ्न सम्बन्धित व्यक्ति, फर्म वा संस्थालाई सूचित गर्छ । त्यसपछि पनि दाबी नपरेको अवस्थामा निश्चित प्रक्रिया पूरा गरेर लिलाम गरिन्छ । तर रुपन्देहीको बेलहिया भन्सार कार्यालयमा रहेका त्यस्ता सामान एउटा निश्चित समूहले सँधै आफ्नो पोल्टामा पार्ने गरेको पाइएको छ ।
भन्सार कार्यालयले अवैध तथा भन्सार छलेर निकासी तथा पैठारीका गरिएका माल बस्तुहरु ढुवानी गरेको अभियोगमा पक्राउ भई भन्सार कार्यालयमा दाखिला हुन आएका,भन्सार छलेर तथा पास नभएका बस्तु तथा सवारी/ढुवानी साधनहरुको हकदाबी बारे सम्बन्धित पक्ष लाई पुष्टि हुने प्रमाण सहित तथा समानको प्रकृति अनुसार बिभिन्न समय दिएर सूचना प्रकाशन गर्ने गर्दछ । सो समय अवधि भित्र दाबि गर्न नआएमा राष्ट्रिय दैनिक पत्रिकामा लिलाम बिक्रि सम्बन्धि सूचना प्रकाशन गरी लिलामका लागी बोलपत्र आव्हान गर्ने र स्वतन्त्र ढङ्गले दर रेटका आधारमा छनोट भएको फर्मलाई लिलामी गर्नु पर्नेमा त्यसो नगरिएको भेटिएको हो ।
बिज्ञापन
तर त्यहाँ लिलामीको काममा सम्बधित पक्षलाई प्रभावमा पारेर निश्चित समूहको रजगज गर्दै आएको बताइन्छ । सरकारी कार्यालयमा प्रयोग हुने खालका केही गाडी, सरकारी कार्यालयले लिलाम मूल्यमा किने पनि अरुमा वर्षौंदेखि मुद्दा शाखालाई प्रभावमा पारेर बाबुराम पौडेलको समूहले रजगज चलाउँदै आएको दृश्य यो वर्ष पनि देखिएको छ । अदालत जाने मुद्दा बाहेक भित्रका अन्य मुद्दामा कार्यालय प्रमुखको सर्वाधिकार रहने हुँदा कार्यालय प्रमुखलाई प्रभावमा पारेर उक्त समूहले आफ्नो स्वार्थमा काम फत्ते गरेको आरोप छ ।
यसरी माथिसम्म मिलाएर लिलामीको काम गर्दै आएका छन्,वावुराम पौडेलको समूह । सो समूहले लिलाममा बर्षौदेखि मुद्धा शाखालाई प्रभावमा पारेर रजगज गर्दै आएका छन् । अदालत जाने मुद्धा बाहेक भित्रका अन्य मुद्धामा कार्यालय प्रमुखको अधिकार रहने हुँदा कार्यालय प्रमुखलाई समेत प्रभावमा पारेर काम फुत्काउँदै आएको भन्सारका कर्मचारीहरु बताउँछन् । पौडेल समूहले प्रतिस्पर्धी फर्महरुलाई बिभिन्न ढङ्गले दबाबमा राखेर बोलपत्र पेश गर्न नदिइ आफू निकटका फर्महरुलाई बोलपत्र पेश गर्न लगाएर लिलाम हत्याउने गरेको आरोप छ ।
बिज्ञापन
भित्रबाटै हुने सेटिङ्गमा राजश्वका ठूला कर्मचारीको हालिमुहाली चलेपनि बाहिरका खुद्रे मोलमोलाइमा कार्यालय सहयोगी र पियनहरुलेसमेत दुःख दिने गरेको साना व्यापारीको गुनासो छ । कार्यालय प्रमुख रामप्रसाद रेग्मीले लेन शाखामा कार्यरत आफू निकटका कर्मचारीमार्फत् काम फत्ते गराउँदै आएको अरु कर्मचारीको भनाइ छ ।
कार्यालयमा प्रशासन, लेखा समूहका कर्मचारी र प्राविधिक समूहअन्तर्गतका कम्प्युटर अपरेटरहरु, भन्सार एजेन्ट र राजश्वका कर्मचारी सामु निरीह देखिन्छन् । भनिन्छ, ‘स्वयम् कम्प्युटर अपरेटरले कार्यालयको इमेलसम्म खोल्न पाउँदैनन् ।’