बैंककको भ्रमण सकाएर स्वदेश फर्कदै देउवा दम्पत्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा स्वदेश फर्किन लागेका छन् ।  उपचारका लागि गतआइतबार बैंकका पुगेका बेला नेपालमा सत्ता गठबन्धनमै संशय पैदा भएको खबर बाहिरिरहेको छ । काँग्रेसभित्रै तिव्र धुव्रिकरण समेत भइरहेको अवस्था छ । देउवा दम्पत्ति आजै मध्यान्ह थाइ एयरको विमानबाट स्वदेश फर्किन लागेका हुन ।

बिज्ञापन

गत वैशाख ७ गते पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा र छोरा जयवीर बैंकक निस्किएका थिए ।उनीहरु आजै अपरान्ह स्वदेश फर्किन लागेको जनाइएको छ ।

बिज्ञापन

तर देउवा दम्पत्ति विदेश गएको समयमा नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा,पूर्ण बहादुर खड्का लगायतका दलका नेताहरूले सत्ता गठबन्धन यही ढंगबाट नचल्ने अभिव्यक्ति दिइरहेका छन् ।

उता हिजैमात्र डा शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा प्रभावशाली सात नेताहरूको बैठक बसेको थियो । सो बैठकमा विमलेन्द्र निधि, देउवाका खास मानिएका प्रकाशमान सिंह, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत र गोपालमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सभापति देउवा उपचार र पारिवारिक भेटघाटको लागि थाइल्याण्डमा रहेका बेला महत पनि बैठकमा सहभागी हुनुलाई सत्ता गठबन्धनमा उत्पन्न संकट उत्पन्न भएको रुपमा अर्थाउनेहरु छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष