निजामती सेवामा प्रवेश विन्दु घटाइएको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो। जबकी हालको व्यवस्था अनुसार सेवा प्रवेशको अधिकतम उमेर पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष छ। सरकारले अधिकतम उमेर घटाउने प्रस्ताव गरेपनि सांसदहरूले महिलाको हकमा भने एक बर्ष उमेर घटाएका छन् ।
बिज्ञापन
राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा दिलेन्द्रप्रसाद बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदनमा महिलाको सेवा प्रवेश गर्न पाउने अधिकतम उमेरसीमा घटाइएको हो । हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । अब निजामती सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ ।
बिज्ञापन
विद्यमान व्यवस्था अनुसार,४० वर्षसम्म प्रतिस्पर्धा गर्ने उमेर निर्धारण हुँदा पेन्सनमा असर पर्ने भएको कारण प्रवेशको बिन्दु घटाइएको हो । ४० वर्षभित्र सेवा प्रवेश गरेको महिलाले २० वर्षसम्म सरकारी सेवा गर्न सक्ने र अवकाशपछिको पेन्सन सुविधामा अपुग हुने हुँदा यस्तो व्यवस्था गर्नुपरेको सांसदहरु बताउँछन् । निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद भने बढेको छ । अवकाश उमेर हद भने महिला र पुरुष दुवैका लागि समान ६० वर्ष राखिने भएको छ ।
यता निजामतीको उमेर हद २ बर्ष बढाइएको छ । हाल ५८ वर्ष उमेर हद रहेकोमा ६० वर्ष पुर्याउन लागिएको हो । ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुने, एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको ६ महिनापछि ६० वर्षको उमेर हद लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।