४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

सरकारले एकै पटक ४७ जना सहसचिवहरुको सरुवा गरेको छ । सरकारले लामो समयदेखि अतिरिक्त समूहमा रहेका र अवधि पुगेका कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको हो । जसमा २७ जना प्रशासन सेवाका,नपोल ईञ्जिनियरिङ सेवाका ७,कृषि र वन सेवाका ७,शिक्षा,स्वास्थ्य र विविध सेवाका कर्मचारीहरु रहेका छन् । जसमा २८ जनाको सरुवा,१८ जना कामकाज र १ जना सहसचिवलाई काजमा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,१८ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरुलाई जिम्मेवारी दिएर विभिन्न मन्त्रालय,प्रदेशका कार्यालयहरुमा खटाइएको छ । १८ जनालाई प्रदेश सचिवका रुपमा प्रदेशमा खटन पटन गरिएको छ भने एक जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगरपालिकामा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार रुद्र बहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरिएको छ । यज्ञ पुरीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ । त्यस्तै रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मोतिराम सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ । सरुवाको सूची अनुसार,मुक्तिराम अर्यालको लोकसेवा आयोगमा सरुवा गरिएको छ भने सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको छ ।

बिज्ञापन

 

Notices-20250422185632606

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन आचारसंहिता ०८२ जारी,कर्मचारी सरुवा- बढूवा प्रभावित

हराएका २० प्रहरी खोज्दै हेडक्वार्टर

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

बिशेष